७ मंसिर, २०८१ शुक्रबार
01:50:55 PM
११ चैत, २०७८
विराटनगर विमानस्थलमा विहिबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘गठबन्धन जुन उद्देश्य र परिस्थितिबाट निर्माण गरिएको हो त्यो अहिले पनि कायम राख्नुपर्ने आवश्यकता छ’ भन्नुभयो
काठमाडौँ,
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठनबन्धन आवश्यक रहेको बताउनुभएको छ ।
मन्त्री कार्कीले गठबन्धन मुलुकको राजनीतिक स्थिरता, आन्तरिक एकता, सुशासन र कानुन शासनको प्रत्याभूति दिनका लागि तथा जनताको विकासको अभिलाशालाई परिपूर्ति गर्न निर्माण गरिएको बताउनुभयो ।
विराटनगर विमानस्थलमा विहिबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘गठबन्धन जुन उद्देश्य र परिस्थितिबाट निर्माण गरिएको हो त्यो अहिले पनि कायम राख्नुपर्ने आवश्यकता छ’ भन्नुभयो ।
मन्त्री कार्कीले गठबन्धन मुलुकको राजनीतिक स्थिरता, आन्तरिक एकता, सुशासन र कानुन शासनको प्रत्याभूति दिनका लागि तथा जनताको विकासको अभिलाशालाई परिपूर्ति गर्न निर्माण गरिएको बताउनुभयो ।
‘वर्तमान गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्छ’ भन्दै उहाँले औचित्य र आवश्यकताका आधारमा निर्वाचनमा तालमेल हुने बताउनुभयो । कांग्रेस कार्यसमितिको बैठक प्रारम्भ भएकाले यसले स्थानीय निर्वाचनका सम्बन्धमा छलफल भएर मुलुकलाई एकताबद्ध ढङ्गले आगाडि बढाउने सन्देश प्रभाव गर्ने मन्त्री कार्कीले जानकारी दिनुभयो ।
कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले नेताहरूले आफ्ना विचार राख्न स्वतन्त्र रहेको बताउँदै मन्त्री कार्कीले केन्द्रीय समितिले गर्ने निर्णयलाई सबैले मान्ने पराम्परा विसं २००७ देखि चलिआएको स्मरण गर्नुभयो ।
उहाँले पार्टीको १४ औँ महाधिवेशनपछि सम्पूर्ण नेता तथा कार्यकर्ताको चाहना नेकांलाई मुलुकको सबैभन्दा ठूलो, शाक्तिशाली पार्टी निर्माण गर्ने तथा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको नेतृत्व लिने उद्देश्यले कार्यकर्ता अहोरात्र मेहनत गरिरहेको बताउनुभयो ।
मन्त्री मन्त्रीमण्डल विस्तार सम्बन्धमा कुनै जानकारी नरहेको उहाँले उल्लेख गर्नुभयो ।