२१ बैशाख, २०८१ शुक्रबार

01:29:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकाको कर्नेल विश्वविद्यालयमा ओमिक्रोन संक्रमण व्यापक

१ पुस, २०७८

उपाध्यक्ष जोएल मालिनाले विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको लगभग सबै केसहरू पूर्ण रूपमा खोप लगाइएका विद्यार्थीहरूमा फेला परेको र केहीले बुस्टर शट पनि लगाएका थिए। विश्वविद्यालयका झण्डै ९७ प्रतिशत विद्यार्थीलाई खोप लगाइएको छ ।

अमेरिकाको कर्नेल विश्वविद्यालयमा ओमिक्रोन संक्रमण व्यापक

अमेरिका, १ पुस । कर्नेल विश्वविद्यालयले डिसेम्बर ७ देखि १३ सम्म  यहाँका ९०३ विद्यार्थीहरूमा कोभिड(१९  सङ्क्रमण पुष्टि भएको  बताएको छ । 

विश्वविद्यालयका अधिकारीहरूले ती मध्ये ूधेरै उच्च प्रतिशतू पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरू छन् र तिनीहरूमा ओमिक्रोन सङ्क्रमण देखिएको छ । 
विश्वविद्यालय सम्बन्धका लागि उपाध्यक्ष जोएल मालिनाले विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको लगभग सबै केसहरू पूर्ण रूपमा खोप लगाइएका विद्यार्थीहरूमा फेला परेको  र केहीले बुस्टर शट पनि  लगाएका थिए। विश्वविद्यालयका झण्डै ९७ प्रतिशत विद्यार्थीलाई खोप लगाइएको छ ।

संक्रमण बढ्दै गएपछि विश्वविद्यालयले न्यूयोर्क राज्यको इथाका क्याम्पस बन्द गर्ने घोषणा गरेको छ ।
अन्तिम सेमेस्टर परीक्षाहरू अनलाइन माध्यमबाट लिइनेछ भने एथलेटिक्स र अन्य गतिविधिहरू स्थगित गरिएको छ  ।  त्यसैगरी पुस्तकालयहरू अर्को आदेश नभएसम्म बन्द गर्न आदेश दिइएको छ। रासस