२ जेठ, २०८१ बुधबार

08:33:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२३२ मेट्रिक टन रासायनिक मल भित्रिदा किसानलाई राहत

Nepal Business

११ चैत, २०७८

रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ ।

२३२ मेट्रिक टन रासायनिक मल भित्रिदा किसानलाई राहत

काठमाण्डौं । सिन्धुपाल्चोको तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन  रासायनिक युरिया मल नेपाल आइपुगेको छ । यस नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको हो । 

बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण  गरी राजधानी पठाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिनुभयो । 

रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ । सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो ।

बोलपत्र पाएपछि छ महिनाअघि सो कम्पनीले पहिलो खेपमा १ हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । अहिले बाँकी मल ल्याउन थालिएको कम्पनीले जनाएको छ ।