१ मंसिर, २०८१ शनिबार

03:44:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुटवलमा कृषि मेला सुरु

Nepal Business

१० चैत, २०७८

बुटवल उपमहानगरपालिकाभित्र दुई हजार ९०० हेक्टर कृषियोग्य जमिन रहेको र नगरपालिकाले तरकारी बीउ, मल, दुग्ध उत्पादनका लागि भकारो सुधारलगायतका कार्यक्रम सञ्चालन गरेको

बुटवलमा कृषि मेला सुरु

बुटवल,

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आयात प्रतिस्थापन गर्नेगरी कृषि उत्पादनमा जोड दिनुभएको छ । उहाँले त्यसका लागि सरकारले नीतिगत व्यवस्था गरी कृषिमा आकर्षण गर्नुपर्नेसमेत बताउनुभएको छ । 

उहाँले राष्ट्रिय हितलाई ख्याल नगरी विगतमा सन्धिसम्झौता गरिएका कारण आफ्नो देशको पानी आफैँले प्रयोग गर्न नपाइएको बताउँदै प्रदेश प्रमुख शेरचनले यहीँबाट लगेको पानीले भारतमा तीन/चार बाली उत्पादन गर्ने र त्यही उत्पादन नेपालमा आयात गर्नुपरेको भनाइ राख्नुभयो ।

प्रदेश प्रमुख शेरचनले बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा विहिबारदेखि बुटवलमा सुरु भएको कृषि मेलाको उद्घाटन गर्नुहुँदै यस क्षेत्रको कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि सिँचाइ अपरिहार्य रहेको बताउँदै राष्ट्रिय उत्पादनमा योगदान गर्ने कालिगण्डकी–तिनाउ डाइभर्सनमा आवश्यक रहेको बताउनुभयो । 

उहाँले राष्ट्रिय हितलाई ख्याल नगरी विगतमा सन्धिसम्झौता गरिएका कारण आफ्नो देशको पानी आफैँले प्रयोग गर्न नपाइएको बताउँदै प्रदेश प्रमुख शेरचनले यहीँबाट लगेको पानीले भारतमा तीन/चार बाली उत्पादन गर्ने र त्यही उत्पादन नेपालमा आयात गर्नुपरेको भनाइ राख्नुभयो । यो परिस्थिति तोड्नका लागि पनि कालीगण्डकी–तिनाउ डाईभर्सन अपरिहार्य रहेको उहाँको भनाइ छ । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बुटवल उपमहानगरपालिकाभित्र दुई हजार ९०० हेक्टर कृषियोग्य जमिन रहेको र नगरपालिकाले तरकारी बीउ, मल, दुग्ध उत्पादनका लागि भकारो सुधारलगायतका कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य तथा कृषि उद्यम केन्द्रका अध्यक्ष अरुणराज सुमार्गीले कृषिको विकासका लागि नीतिगत व्यवस्था, वैज्ञानिक व्यवसायीकरण आवश्यक रहेको भनाइ राख्नुभयो ।