२१ माघ, २०८१ सोमबार

04:48:14 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थुनामा गए अभिनेता पल शाह

१० चैत, २०७८

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

थुनामा गए अभिनेता पल शाह

तनहुँ,

तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

सोही मुद्दामा शाहका व्यवस्थापक भनिएका कृष्ण जोशीलाई रु एक लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो । जोशी विहिबार  साँझ नै धरौटी बुझाएर रिहा भएका छन् ।

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि कलाकार शाहविरुद्ध दुवै पक्षबाट बहस गरिएको थियो । 

जाहेरीवालाका तर्फबाट बुधबार नै बहस गरिएको थियो भने प्रतिवादीका तर्फबाट विहिबार अदालतमा बहस भएको थियो । प्रतिवादीका तर्फबाट १२ कानुन व्यवसायीले बहस गरेका अधिवक्ता भानुभक्त सुवेदीले जानकारी दिनुभयो ।