२१ बैशाख, २०८१ शुक्रबार

10:35:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतियुनिट विद्युत ३८ रुपैयाँमा किन्दा १ महिनामा ८ अर्ब घाटा, उपभोक्तालाई कति ?

केशव आचार्य ।

१० चैत, २०७८

विहिबार देखि नेपालले भारतबाट खरिद गरेको विजुलीको प्रतियुनिट मूल्य नेपाली ३८ रुपैयाँ पर्छ ।

प्रतियुनिट विद्युत ३८ रुपैयाँमा किन्दा १ महिनामा ८ अर्ब घाटा,  उपभोक्तालाई कति ?


काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज(आईईएक्स)बाट बिजुली किन्नका लागि प्रतियुनिट ३८ रुपैयाँमा प्रस्ताव गरेको छ । ह्विलिङ चार्ज तथा कमिसन समेत गरेर उक्त बिजुली ३८ रुपैयाँमा नेपालले पाउने प्राधिकरणले बताएको हो । 

नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विजुली खरिद गरेतापनि पहिलेकै मूल्यमा बेच्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर भारतसँग विजुली खरिद गर्ने गरी बोलकबोल गरेको जानकारी दिनुभयो । विद्युतको वर्तमान माग र आपूर्तिको अवस्थावारे जानकारी गराउन जरुरी भएकोले पत्रकार सम्मेलन आयोजना गरिएको उहाँले बताउनु भयो । 

विश्व बजारमा कोइलाको मूल्य बढेसँगै कोइलाबाट उत्पादिन विजुलीको मूल्य बढेको हो । भारतमा विजुली महंगो भएको भन्दै प्राधिकरणले नकिन्दा नेपालका कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएको थियो । तर बुधबार प्राधिकरणले भारतीय बजारबाट महंगोमै भए पनि विजुली किन्ने गरी सम्झौता गरेको छ । २० भारुमा विजुली किन्दा नेपालले तिर्नुपर्ने रकम प्रतियुनिट ३८ रुपैयाँसम्म पर्न जाने प्रवक्ता भट्टराईको भनाइ छ ।

गत आर्थिक वर्षको चैतमा १३ सय मेगावाट बजार माग रहेकोमा अहिले १६ सय मेगावाट भएको छ । जसमा यतिखेर ९ सय मेगावाट आन्तरिक उत्पादन भैरहेको छ । गतवर्ष चैतमा नेपालले ८ सय मेगावाटसम्म भारतबाट आयात गरेको थियो ।

विहिबार देखि नेपालले भारतबाट खरिद गरेको विजुलीको प्रतियुनिट मूल्य नेपाली ३८ रुपैयाँ पर्छ । कार्यकारी निर्देशकको निर्देशनपछि हामीले २० रुपैयाँ प्रतियुनिट, त्यो भनेको नेपालमा ३८ रुपैयाँ प्रतियुनिट पर्छ, विहिबार बेलुका १२ बजेर १५ मिनेटमा हाम्रो सबै सिष्टम नर्मल भएपछि त्यसबाट ७ हजार मेगावाट आवर बिजुली किन्छौं, उहाँले भन्नुभयो ।

नेपालले केही दिनअघिसम्म ८ रुपैयाँ भारुमा विजुली किनेको थियो । तर भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा विजुली नै नपाएको हुनाले केही दिन नेपालमा विजुली अभाव भएको थियो । अहिले फुलरेटमा बिड गरेका छौं, अब विजुलीको समस्या नहुने प्रवक्ता भट्टराईले बताउनु भयो ।

विहिबार रातिदेखि कम्तिमा ७ हजार मेगावाट आवर बिजुली नेपाल आउँछ र सबै उद्योगले बिजुली पाउँनेछन् । बुधबार र बिहीबार सस्तोमा बिजुली नपाएपछि शुक्रबारका लागि महँगोमा प्रस्ताव हालेको प्राधिकरणले जनाएको छ । नेपालभित्रको आन्तरिक माग ३१ हजार मेगावाट आवर रहेकोमा प्राधिकरणले १२ हजार मेगावाट आवर भारतबाट आयात गरिरहेको छ । 

गत आर्थिक वर्षको चैतमा १३ सय मेगावाट बजार माग रहेकोमा अहिले १६ सय मेगावाट भएको छ । जसमा यतिखेर ९ सय मेगावाट आन्तरिक उत्पादन भैरहेको छ । गतवर्ष चैतमा नेपालले ८ सय मेगावाटसम्म भारतबाट आयात गरेको थियो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा मौसममा आन्तरिक उत्पादनले माग थेग्न नसकेपछि भारतबाट विजुली आयात गरेको बताउनु भयो । तर यो केही दिनको मात्र क्राइसिस हो, अहिले पनि हामी लोड बढाउने नै हो, लोडसेडिङ हुँदैन उहाँले भन्नुभयो । 

भारतमा विजुलीको माग उच्च भएपछि नेपालले खरिद नगर्दा औद्योगिक क्षेत्रमा विजुली अभाव भएको थियो र लोडसेडिङ पुन दोहोरिने हो कि भन्ने उद्येगीहरुले चिन्ता व्यक्त गरेका थिए । भारतबाट हालको दरमा विजुली किन्दा प्राधिकरणलाई एक दिनमा २० देखि २२ करोड रुपैयाँसम्म बढी रकम तिर्नुपर्ने र एक महिनासम्म यही दरमा विजुली किन्दा ८ अर्ब रुपैयाँसम्म प्राधिकरणलाई घाटा हुने उहाँको भनाइ छ । 

 व्यक्तिगत र घरायशी  प्रयोजनको लागि  प्रतियुनिट ८.८७ पैसामा र उद्योगहरुलाई १०.१२ पैसामा बिक्री गरिरहेका छौं । औसतमा ९.९४ पैसामा विजुली बिक्री भइरहेको छ । अहिले प्राधिकरणले ३८ रुपैयाँ प्रतियुनिटमा किनेपनि प्राधिकरणले मूल्य बृद्धि गर्दैन ।

यसै दरमा लामो समयसम्म विजुली किन्न नसक्ने घिसिङले बताउनु भयो ।  अहिले ३ सय मेगावाट हुँदा समस्या समाधान गर्न सकिन्छ । आउँदो असारसम्ममा हाम्रैमा २३०० मेगावाटको हाराहारीमा उत्पादन हुन्छ । यसले सुख्खायाममा पनि हामीलाई राम्रो ब्यापअप हुन्छ । यहि दरमा किन्दा असारसम्ममा १० अर्बसम्म खर्च हुनसक्छ । 

हालसम्म उपभोक्तालाई दुईवटा दरमा विजुली बेचिरहेका छौ । व्यक्तिगत र घरायशी  प्रयोजनको लागि   प्रतियुनिट ८.८७ पैसामा र उद्योगहरुलाई १०.१२ पैसामा बिक्री गरिरहेका छौं । औसतमा ९.९४ पैसामा विजुली बिक्री भइरहेको छ । अहिले प्राधिकरणले ३८ रुपैयाँ प्रतियुनिटमा किनेपनि प्राधिकरणले मूल्य बृद्धि गर्दैन ।

विद्युत उत्पादन गरि बिक्री गर्नु भन्दा बिद्युतको खपत गर्दा उत्पादनमा ८ गुणाले वृद्धि गर्न सकिने कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो । अहिले हाम्रो सबैभन्दा ठूलो ब्याकअप अप्पर तामाकोशीले दिइरहेको छ । बर्षायाममा फुलफेजमा उत्पादन हुने तर हिउँदमा ४० प्रतिशतको हाराहारीमा मात्र उत्पादन हुनेहुँदा हिउँमा नेपाललाई विद्युतको अभाव हुने उहाँको भनाइ छ । 

कोरोना महामारी र रुस युक्रेन युद्धको कारण पनि अन्तराष्ट्रिय स्तरमा इन्धनको अभाव सृजना भयो । यसैका कारण भारतबाट उच्च मूल्यमा विद्युत खरिद गर्नुपरेको घिसिङले बताउनु भयो ।