५ बैशाख, २०८२ शुक्रबार

05:05:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फूलै फूलको वहार, फ्लोरा एक्स्पो, ७५ लाखको कारोबार हुने (भिडियोसहित)

१० चैत, २०७८

मेलाको तयारीमा ३२ देखि ३५ लाखको खर्च भएको

फूलै फूलको वहार, फ्लोरा एक्स्पो, ७५ लाखको कारोबार हुने (भिडियोसहित)

काठमाण्डौँ–फ्लोरिकल्चर एशोसिएसन अफ नेपालको आयोजनमा ‘२३ औँ फ्लोरा एक्स्पो’ सुरु भएको छ। बिहीबार ललितपुरस्थित जाउलाखेलको मैदानमा पुष्प मेला सुरु भएको हो। 

पुष्प मेलामा सर्वसाधरण रमाइरहेका देखिए । कोहि फोटो खिच्दै त कोहि फूल खरिद गरिरहेका थिए। आजदेखि सुरु भएको पुष मेला चैत १३ गतेसम्म चल्नेछ।

अध्यक्ष गुरुङले भन्नुभयो, ‘हामीले मेलामा ५१ वटा स्टल राखेका छौँ । जसमध्ये २ वटा स्टल प्रतिस्पर्धात्मक छन् भने ४ वटा स्टल सूचनामूलक र ४५ वटा व्यवसायिक स्टल रहेको छन्।

मेलाको तयारीमा ३२ देखि ३५ लाखको खर्च भएको उहाँले बताउनुभयो। पछिल्ला वर्षहरुजस्तै यस वर्ष पनि उल्लेख्य अवलोकनकर्ता मेलामा उपस्थित हुने आयोजकले जनाएको छ।

अध्यक्ष गुरुङका अनुसार मेलामा ४५ हजार अवलोकनकर्ता र ७५ लाख रुपैयाँ बराबरको कारोबारको हुने अपेक्षा गरिएको छ।

मेला अवलोकन गर्न आउने साधारणको लागि १ सय र विद्यार्थीहरुका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। 

‘राष्ट्रिय स्तरको एक्स्पो हरेक वर्षको चैतमा गर्छौँ, कोभिडका कारणले २ वर्ष स्थगित गरियो’, उहाँले भन्नुभयो, ‘क्षेत्रीय मेला पूर्वको धरानमा पश्चिको पोखरामा र अन्य विषयगत मेला पनि आयोजना गर्ने गरेका छौँ । एसोसिएसनले गोदावरी फूलको मेला हरेक वर्ष कार्तिक महिनामा आयोजना गर्दै आएको छ।’

मेलाको सह–आयोजकको रुपमा पुष्प विकास केन्द्र गोदावरी र सहयोगीको रुपमा कृषि विभाग हरिहरभवन तथा कृषि तथा पशुपन्छीं विकास मन्त्रालय वागमती प्रदेश रहेको छ।