७ मंसिर, २०८१ शुक्रबार

01:12:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिनियाँ विदेश मन्त्री वाङ् यी काबुलमा, शुक्रबार नेपाल आउँदै

१० चैत, २०७८

काबुलबाट वाङ् शुक्रबार नेपाल आउनु हुनेछ ।

 चिनियाँ विदेश मन्त्री वाङ् यी काबुलमा,  शुक्रबार नेपाल आउँदै

काठमाण्डौं । चिनियाँ विदेश मन्त्री वाङ् यी भारत भ्रमण रद्द गरेर अफगानिस्तानको काबुल पुग्नु भएको छ ।  उहाँ पाकिस्तानको इस्लामावादबाट अफगानिस्तान प्रस्थान गर्नु भएको हो ।

काबुलबाट वाङ् शुक्रबार नेपाल आउनु हुनेछ ।  यसअघि वाङ् यीले भारतको पनि भ्रमण गर्ने तय थियो । तर पछिल्लो समय जम्मु कश्मिरका बारेमा चीनले गरेको टिप्पणीप्रति भारतले कडा प्रतिक्रिया दिएपछि वाङ भारत भ्रमणमा जान अनिच्छुक हुनु भएको थियो ।

भारतले जम्मु कश्मिरसँग जोडिएको मुद्दा भारतको आन्तरिक मामिला भएको भन्दै यस बारेमा नबोल्न चीनसहितका देशलाई चेतावनी दिएको थियो । त्यसैकारण वाङ भारत नआइ काबुल गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लद्दाख आसपासका क्षेत्रमा भारत र चीनबिच सीमा विवाद पनि छ । वाङ्को भारत भ्रमणका बेलामा यो सीमा विवादबारे पनि छलफल गर्ने तय थियो । भारत र चीनबिच यो सीमा विवाद समाधानका लागि पटक–पटक वार्ता भए पनि कुनै सहमति भएको छैन ।