२५ बैशाख, २०८१ मंगलबार

04:48:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मन्दिप, प्रयास र निशानले हात पारे ‘मिस्टर नेपाल टिन २०२२’ को उपाधि

Nepal Business

९ चैत, २०७८

श्रृष्टि महर्जनले ‘मिस नेपाल टिन २०२२’को उपाधि हात पार्नुभएको हो।

मन्दिप, प्रयास र निशानले हात पारे ‘मिस्टर नेपाल टिन २०२२’ को उपाधि

काठमाण्डौं–अभ्यानी प्रोडक्सनको आयोजनमा मिस्टर एण्ड मिस नेपाल टिनको पाचौं संस्करण सम्पन्न भएको छ।

काठमाण्डौंस्थित लिसरा रिसेप्सनमा आयोजित उक्त कार्यक्रममा किशोरीतर्फ श्रृष्टि महर्जनले ‘मिस नेपाल टिन २०२२’को उपाधि हात पार्नुभएको हो। 

अब उहाँले अमेरिकाको मायामी स्टेटमा नोभेम्बरमा हुने मिस टिन युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्नुहुने छ। 

यस्तै श्रृष्टि भुषालले मिस नेपाल चिनचार्मको उपाधि हात पार्नुभएको छ। उहाँले उनले कोलम्बियामा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नुहुने छ। 

यसैगरी सेकेन्ड रनर अप शिवानी कापरले मिस वल्र्ड हेरिटेजमा नेपाललाई प्रतिनिधित्व गर्नुहुनेछ।

३० दिनसम्म जारी तालिममा नेतृत्व विकास तथा जीवनकालसँग सम्बिन्धित विभिन्न पाटाहरुमा विभिन्न ट्रेनर्सबाट ट्रेनिंग दिइएको 

यसैगरी किशोर तर्फको उपाधि अर्घाखाँचीका मन्दिप भुसालले चुम्दै गर्दा प्रयास ओझाले फस्ट रनर अप र निशान वाइवाले सेकेन्ड रनर अपको उपाधि हात पार्नुभयो। 

अभ्यानी प्रोडक्सनका संस्थापक अध्यक्ष अभिविन्द खनियाको सभापतित्वमा आयोजित कार्यक्रममा काठमाण्डौंका पुर्व मेयर राजाराम श्रेष्ठ तथा समाजसेवी तथा राजनीतिज्ञ डा. गोविन्दराज खनियाको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रमको निर्णायक मण्डलको भूमिकामा डान्स कोरियोग्राफर, कलाकर्मी तथा कार्यक्रम आयोजक महेश केसी, मिस नेपाल युनिभर्ष २०१९ प्रदिप्ता अधिकारी, मोटिभेसनल स्पिकर तथा लिडरसिप ट्रेनर रोहित मल्ल, सिनेकर्मी तथा निर्माता देवेन्द्र खड्का, महिला अधिकारकर्मी तथा ग्लायम वल्ड इन्टरटेनमेन्टका सिइओ प्रतिमा कार्की, वकिल तथा सुप्रिमकोटका सेक्सन अफिसर संगिता नापित हुनुहुन्थ्यो । 

मिस ट्यालेन्ट श्रृष्टि महर्जन, मिस मल्टिमिडिया शिवानी कापर, पिपल्स च्वाइस श्रृष्टि भुसाल, मिस फोटोजेनिक सदिक्षा खनाल, मिस क्याटवाक संजना भण्डारी, मिस इन्टेलेकचुवल श्रृष्टि भुसाल, मिस कन्फिडेन्ट सन्जना भण्डारी र ब्युटि विथ पर्पसको अवार्ड याशिका सिंहले हात पार्नुभयो। 

त्यसैगरी किशोरतर्फ मिस्टर ट्यालेन्ट निशान वाइवा, मिस्टर मल्टिमिडिया प्रयास ओझा, पिपल्स च्वाइस निशान वाइवा, मिस्टर फोटोजेनिक प्रकाश बोहोरा, मिस्टर मोडल रिशु शाह, बेस्ट वाक मन्दिप भुसाल र रामएक्वाल यादवले हेन्डसम विथ पर्पसको उपाधि हात पार्नुभयो। 

डिजाइनर तथा मुख्य कोरियोग्राफर पवन आचार्यले ३० दिनसम्म जारी तालिममा नेतृत्व विकास तथा जीवनकालसँग सम्बिन्धित विभिन्न पाटाहरुमा विभिन्न ट्रेनर्सबाट ट्रेनिंग दिइएको बताउनुभयो।