६ जेठ, २०८१ आइतबार

09:12:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुख्खा पहिरोको कारण अवरुद्ध भिमदत्त राजमार्ग सञ्चालन

Nepal Business

९ चैत, २०७८

सुख्खा पहिरोको कारण अवरुद्ध भिमदत्त राजमार्ग सञ्चालन

डडेल्धुरा । पहिराका कारण अवरुद्ध भिमदत्त राजमार्ग केहीबेरअघि सञ्चालनमा आएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको हो ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–साहुखर्कमा सडक माथिबाट खसेको सुख्खा पहिराका कारण अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 डोजर लगाएर पहिरो पन्छाइ राजमार्ग सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ । अवरुद्ध भएको साढे पाँच घण्टापछि सञ्चालनमा आएको हो ।