२४ बैशाख, २०८१ सोमबार

09:51:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बलिउड अभिनेता सलमानसँग मन्त्री आलेको १० मिनेट कुराकानी, के भने सलमानले ?

९ चैत, २०७८

बलिउड अभिनेता सलमानसँग मन्त्री आलेको १० मिनेट कुराकानी, के भने सलमानले ?

काठमाण्डौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गर्नु भएको छ।

मंगलबार अभिनेता खानसँग कुरा गर्दै मन्त्री आलेले कोरोना महामारीपछि नेपाल पर्यटनका लागि खुला भएको सन्देश विश्व समुदायलाई दिन आग्रह गर्नुभएको हो। 

मन्त्री आलेले सलमानसँग कुरा गर्दै भन्नुभयो, ‘सलमानजी आप से मिलके हम बहुत खुस हुआ । हम आपको स्वागत करनेके लिए आतुर है।’

अभिनेता सलमानले पनि नेपाल सुन्दर देश भएकाले यसको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने बताउनुभयो। काठमाडौंको दशरथ रंगशालामा हुने कार्यक्रमका लागि आगामी जेठ १४ गते नेपाल आउन लागेका अभिनेता खानले बताउनुभयो।

यस्तै सलमानले नेपालमा आफूले सुटिङ गरेको फिल्म प्रदर्शनमा नआएको पनि जानकारी दिनुभयो । नेपाल आउने आफ्नो इच्छा हुँदा पनि समय नमिलेका कारण आउन नपाएको सलमानले बताउनुभयो।

दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो।

मन्त्री आले र सलमानबीच करिब १० मिनेट कुराकानी भएको थियो।