१७ बैशाख, २०८१ सोमबार

08:19:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चीनमा बेपत्ता विमानको ब्ल्याकबक्स भेटियो

९ चैत, २०७८

चीनमा बेपत्ता विमानको ब्ल्याकबक्स भेटियो


सिन्ह्वा । चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याकबक्स बुधबार भेटिएको छ । एक सय तेत्तीस यात्रु बोकेको यात्रु वाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो ।

 बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको थियो । 

दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए ।  उद्धारकर्ताहरुले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेका छन् ।

विमान बेपत्ता हुनुमा मौसम सम्वन्धी कारण नभएको पनि सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारीक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन ।