१ जेठ, २०८१ मंगलबार

03:33:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ खर्ब ६८ अर्बको इन्धन नेपाल भित्रियो, सबैभन्दा बढी के भयो आयात ?

९ चैत, २०७८

आर्थिक वर्ष २०७८/७९ को पहिलो ८ महिनमा नेपालमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । सो अवधिमा ८७ अर्ब ८३ करोड ५४ लाख ६२ हजार रुपैयाँ बराबरको डिजेट नेपाल भित्रिएको हो ।

१ खर्ब ६८ अर्बको इन्धन नेपाल भित्रियो, सबैभन्दा बढी के भयो आयात ?

काठमाडौं ।
नेपालले आर्थिक वर्ष २०७८/७९ को पहिलो ८ महिनमा साढे एक खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा नेपालले भारतबाट कूल १ खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख २५ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको हो ।

गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालले भारतबाट ८७ अर्ब ७१ करोड ४७ लाख ३७ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेका थियो ।  गत बर्षको तुलनामा यो बर्षको पहिलो ८ महिनामा ८० अर्ब ६१ करोड ९० लाख ८८ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो ८ महिनमा नेपालमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । सो अवधिमा ८७ अर्ब ८३ करोड ५४ लाख ६२ हजार रुपैयाँ बराबरको डिजेट नेपाल भित्रिएको हो ।  आर्थिक वर्ष २०७८/७९ को पहिलो ८ महिनामा नेपालले भारतबाट ४० अर्ब ६४ करोड १४ लाख ५८ हजार रुपैयाँको एलपीजी ग्यास आयात गरेको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्षको सुरुदेखि फागुन मसान्तसम्म नेपालले भारतबाट ३९ अर्ब ८५ करोड ६९ लाख ०५ हजार रुपैयाँको पट्रोल खरिद गरेको छ । गत आर्थिक वर्षमा नेपालले १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको थियो । अघिल्लो बर्षको तुलनामा यो बर्षको पहिलो ८ महिनामा नै नेपालले बढी रकमको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरिसकेको छ ।