२१ माघ, २०८१ सोमबार

04:37:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रसिद्ध होटल व्यवसायी राधेश्याम सराफको निधन

९ चैत, २०७८

प्रसिद्ध होटल व्यवसायी राधेश्याम सराफको निधन


काठमाण्डौं ।  काठमाडौंको दुई प्रसिद्ध पाँचतारे होटल ह्यात र याक एन्ड यतीका संस्थापक तथा संचालक राधेश्याम सराफको निधन भएको छ । दिल्लीको मेदान्त हस्पिटलमा उपचारकै क्रममा सराफको ९२ वर्षको उमेरमा सोमबार राती निधन भएको हो। 

सराफ सन् १९६३ देखि काठमाण्डौंमा नियमित रूपमा बस्दै आउनु भएको थियो । सन् १९७७ देखि होटल व्यवसाय सञ्चालन गर्दै आउनु भएका सराफ यस क्षेत्रका प्रसिद्ध व्यवसायी मानिनु हुन्थ्यो ।

नेपालमा पर्यटनदेखि शिक्षा र समाज सेवासम्ममा पुर्‍याएको योगदानका लागि राजा वीरेन्द्रबाट उहाँले प्रसिद्ध सम्मान गोरखा दक्षिण बाहुसमेत पाउनु भएको थियो । 

सराफको पार्थिव शरीर दिल्लीबाट काठमाण्डौं नै ल्याएर बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ।