३० बैशाख, २०८१ आइतबार

11:19:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल विद्युत प्राधिकरणको महसुल काउण्टर बन्द

Nepal Business

१ पुस, २०७८

२० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक ३० रुपैयाँ महसुल तिर्नु पर्ने व्यवस्था आयोग गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको महसुल काउण्टर बन्द


काठमाण्डौं, पुस १
नयाँ महसुल दर अनुसार बिलिङ प्रणालीलाई अगाडि बढाउनका लागि भन्दै पुस ५ गते सम्मका लागि काउण्टर बन्द गरेको छ । बिलिङ प्रणालीमा आवश्यक व्यवस्था मिलाउन लागिएको प्राधिकरणले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
२० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक ३० रुपैयाँ महसुल तिर्नु पर्ने व्यवस्था आयोग गरेको छ । सोही व्यवस्थालगायत महसुलका अन्य व्यवस्था  तथा आन्तरिक प्रणाली र बिलिङ प्रणालीमा सुधार गर्न काउन्टर बन्द गरिएको प्राधिकरणले जनाएको छ ।