२१ माघ, २०८१ सोमबार
04:39:53 PM
८ चैत, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार हाल सक्रिय संक्रमितको संख्या दुई हजार ६८८ रहेको छ ।
काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो समय ६ हजार ५९४ जनाको कोरोना परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार हाल सक्रिय संक्रमितको संख्या दुई हजार ६८८ रहेको छ ।
पछिल्लो समय ४८१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या नौ लाख ६३ हजार ५९२ पुगेको छ । निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट मंगलबार थप एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा ललितपुर र काठमाडौँ छन् । शून्य कोरोना संक्रमित भएका चार जिल्लामा मनाङ, रुकुम पूर्व, बाजुरा र जुम्ला छन् । नेपालमा संक्रमण दर १७.७ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा दुई हजार ६३७, संस्थागत आइसोलेशनमा ५१, आइसियुमा २३ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । पछिल्लो २४ घण्टामा ७३ हजार ६४२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।