९ मंसिर, २०८१ आइतबार

11:01:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चितवनमा धान उत्पादन घट्यो

१ पुस, २०७८

धानको उत्पादन यस वर्ष ६ सय ८८ मेट्रिक टनले घटेको छ । गत वर्ष सोही क्षेत्रफलमा ९४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष धानको औसत उत्पादकत्व ४.०७ मेट्रिक टन प्रति हेक्टर रहेको छ भने गत वर्ष ४.१० प्रतिशत थियो ।

चितवनमा धान उत्पादन घट्यो


काठमाण्डौं, पुस १
चितवनमा यसवर्ष धानको उत्पादनमा कमी आएको छ । यो वर्ष २२ हजार ९२७ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा ९३ हजार ३१२ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले बताउनु भयो । 
धानको उत्पादन यस वर्ष ६ सय ८८ मेट्रिक टनले घटेको छ । गत वर्ष सोही क्षेत्रफलमा ९४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष धानको औसत उत्पादकत्व ४.०७ मेट्रिक टन प्रति हेक्टर रहेको छ भने गत वर्ष ४.१० प्रतिशत थियो ।
चितवन जिल्लालाई धानको भण्डार नै मानिन्छ । यहाँ सावित्री, वार र सावा धान धेरै लगाइन्छ । चितवनमा कूल खेतीयोग्य जमिन ४६ हजार ३०० हेक्टर छ । जसमा २२ हजार ९२७ हेक्टरमा मात्र धानखेती गरिन्छ । 
धानको उत्पादन घट्नुमा यस वर्ष डुबान प्रमुख कारण रहेको पुनले बताउनुभयो । यस वर्ष डुबानकै कारण कूल क्षेत्रफलको १२ प्रतिशत क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको छ । यस्तै धान उत्पादन घट्नुका अरु कारणमा धानको फूल खेल्ने बेलामा निरन्तर पानी परिरहँदा परागशेचनमा समस्या हुनु, गबरो तथा फड्के करिाको प्रकोपमा वृद्धि हुनु, न्यून उन्नत बीउको प्रयोग नुहुनु पनि कारण रहेको पुनले बताउनुभयो ।
किसानले उत्पादन घट्नुका कारण धानखेतीले समयमा समयमा मल नपाउनु, किसानले उन्नत बीउ नपाउनु र सिँचाइको सुविधा पुग्न नसक्नु भएको बताएका छन् ।