२४ बैशाख, २०८१ सोमबार

01:09:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वडा कार्यालयको भवन निर्माण २० लाख लागतमा सम्पन्न

Nepal Business

१ पुस, २०७८

गत आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको २० लाख बजेटबाट निर्माण भएको हो । भवन सञ्चालन भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको कार्यवाहक वडाध्यक्ष पुनको भनाई छ ।

वडा कार्यालयको भवन निर्माण २० लाख लागतमा सम्पन्न


काठमाण्डौं, पुस १  
बेनि नगरपालिका-१० वडाले कार्यालय भवनको निर्माण गरेको छ । पहिलेको  साविक गा.वि.स भवन  साँघुरो र जीणर् भएकोले नयाँ भवन बनाएको कार्यवाहक वडा अध्यक्ष लोकबहादुर पुनले बाउनु भयो । 
गत आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको २० लाख बजेटबाट निर्माण भएको हो । भवन सञ्चालन भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको कार्यवाहक वडाध्यक्ष पुनको भनाई छ । 
नयाँ भवनमा वडाध्यक्ष, सचिवको कार्य र भण्डारण कक्ष भएको, भवनको माथिल्लो तलामा सभाहल र खोप क्लिनिक बनाउन लागिएको हो । नगरपालिकाले चालु आवमा विनियोजन गरेको ९ लाख ५० हजार बजेटबाट उपभोक्ता समितिमार्फत भवनको माथिल्लो तलामा सभाहल निर्माण सुरु गरिएको पूनले बताउनु भयो  ।