२३ बैशाख, २०८१ आइतबार

04:19:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विमान दुर्घटना भएको २० घण्टासम्म जीवित फेला पार्न सकिएनः चीन

८ चैत, २०७८

दुर्घटनास्थलमा उद्धार तथा खोज कार्यलाई तीव्रता दिंदा पनि अहिलेसम्म कोही जीवित नभेटिएको साउथ चाइना मोर्निङ पोष्टले जनाएको छ ।

विमान दुर्घटना भएको २० घण्टासम्म जीवित फेला पार्न सकिएनः चीन

सिन्ह्वा । चीनको दक्षिण प्रान्तमा आइतबार  विमान दुर्घटना भएको  थियो । दुर्घटना भएको २० घण्टासम्म पनि कसैलाई जीवित फेला पार्न नसकेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

१२३ यात्रु र चालक दलका ९ सदस्य सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ–७३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा सोमबार दुर्घटना भएको थियो ।

दुर्घटनास्थलमा उद्धार तथा खोज कार्यलाई तीव्रता दिंदा पनि अहिलेसम्म कोही जीवित नभेटिएको साउथ चाइना मोर्निङ पोष्टले जनाएको छ ।

दुर्घटनाको सूचना पाएलगत्तै चिनियाँ सुरक्षाकर्मी र अग्नि नियन्त्रक टोली परिचालन गरिएको थियो । कोही घाइते भेटिन सक्ने अनुमानमा दर्जनौं एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो । तर हालसम्म हताहतीको पुष्टि भएको छैन ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार पहाडी क्षेत्रमा बिजुलीको प्रवन्ध नहुँदा उद्धार कार्य प्रभावित भएको थियो । सञ्चार प्रवन्धका लागि एक ड्रोन बेससमेत स्टेशन स्थापना गरिएको थियो ।

विमान दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा विमानको ब्ल्याक बक्स फेला परेको र अनुसन्धान जारी रहेको चिनियाँ समाचार एजेन्सीहरुले जनाएका छन् ।

यो घटनालाई चीनमा करिब एक दशकयताकै सबैभन्दा ठूलो विपदको रुपमा लिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनफिङले यो घटनाबाट आफू विक्षिप्त भएको भन्दै खोजी र बचाउ अभियानलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । उहाँले घटनाको अनुसन्धान गर्न पनि भन्नु भएको छ । 

यो दुर्घटनापछि चाइना इस्टर्न एयरलाइन्सले सबै बोइङ ७३७–८०० विमानको उडान रद्द गरेको छ । सो एयरलाइन्सले आफ्नो वेबसाइटको रंग पनि परिवर्तन गरेर ब्ल्याक एण्ड ह्वाइट बनाएको छ ।