६ मंसिर, २०८१ बिहिबार
05:38:28 PM
१ पुस, २०७८
गत आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको २० लाख बजेटबाट निर्माण भएको हो । भवन सञ्चालन भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको कार्यवाहक वडाध्यक्ष पुनको भनाई छ ।
काठमाण्डौं, पुस १
बेनि नगरपालिका-१० वडाले कार्यालय भवनको निर्माण गरेको छ । पहिलेको साविक गा.वि.स भवन साँघुरो र जीणर् भएकोले नयाँ भवन बनाएको कार्यवाहक वडा अध्यक्ष लोकबहादुर पुनले बाउनु भयो ।
गत आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको २० लाख बजेटबाट निर्माण भएको हो । भवन सञ्चालन भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको कार्यवाहक वडाध्यक्ष पुनको भनाई छ ।
नयाँ भवनमा वडाध्यक्ष, सचिवको कार्य र भण्डारण कक्ष भएको, भवनको माथिल्लो तलामा सभाहल र खोप क्लिनिक बनाउन लागिएको हो । नगरपालिकाले चालु आवमा विनियोजन गरेको ९ लाख ५० हजार बजेटबाट उपभोक्ता समितिमार्फत भवनको माथिल्लो तलामा सभाहल निर्माण सुरु गरिएको पूनले बताउनु भयो ।