२१ माघ, २०८१ सोमबार

04:48:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कार्यकक्षमा सेवा गर्दागर्दै वडाध्यक्षको निधन

७ चैत, २०७८

बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पु¥याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिनुभयो ।

कार्यकक्षमा सेवा गर्दागर्दै वडाध्यक्षको निधन

सिन्धुलीको मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । सोमबार कार्यालयमा सेवा प्रवाह गर्दागर्दै मस्तिष्काघातका कारण उहाँको निधन भएको हो । 

बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पु¥याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिनुभयो ।

लामाको निधनले मरिण गाउँपालिकाले एक असल, इमान्दार, कर्तव्यनिष्ठ र जनप्रेमी जनप्रतिनिधि गुमाएको र ठूलो क्षति व्यहोर्नुपरेको बम्जनले बताउनुभयो । लामा नेकपा माओवादीबाट विसं २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुनुहुन्थ्यो । 
स्व लामाको पार्थिव शरीरलाई लामा परम्पराअनुसार श्रद्धाञ्जलीका लागि निजी निवासमा राखिएको छ । लामाको बुबाआमा, श्रीमती र पाँच छोरा हुनुहुन्छ ।