३१ बैशाख, २०८१ सोमबार

11:36:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समस्यामा सहर, ट्राफिक जामको विकल्प के ?

Nepal Business

१ पुस, २०७८

सरकार, ट्राफिक प्रहरी र यस क्षेत्रमा काम गरिरहेका विभिन्न निकायहरुले सवारी साधानको उचित व्यवस्थापनका विषयमा विभिन्न छलपल गर्दै आएपनि यसको सहि विकल्प अझै निस्किसकेको छैन ।

 समस्यामा सहर, ट्राफिक जामको विकल्प के ?

पौष १, काठमाण्डौं । 

सहरी क्षेत्र र सहर उन्मुख बजारहरुमा अहिले सबैभन्दा ठूलो समस्या ट्राफिक जाम बनेको छ । सहरी क्षेत्रको ट्राफिक जाम व्यवस्थापनका लागि सरकारले विभिन्न बैकल्पिक उपायहरु अपनाईरहेको छ । तर यसको दिर्घकालिन समधान भने निस्कन सकेको छैन । सरकारले यसै कुरालाई ध्यानमा राख्दै उपत्यका लगायत देशका विभिन्न ठाउँमा हुने ट्राफिक जामलाई कम गर्न गुणस्तरीय सडक निर्माण, कालोपत्रे गर्ने र सडक सञ्जाल विस्तार गर्ने कार्यलाई प्रथमिकताका साथ अगाडि बढाउने जनाएको छ ।

काठमाण्डौ लगाएतका केही सहरहरुमा सडक वत्ति व्यवस्थापन गरिएपनि त्यसको सहि सदुपयोग हुन सकिरहेको छैन । यसैगरी बढ्दो सवारी साधानको संख्याका कारण पनि सहरमा ट्राफिक व्यवस्थापनमा समस्या बढ्दै गएको छ । दुई पाँग्रे सवारी साधानको संख्या बढिरहेको छ भने त्यसकै अनुपातमा चार पाँग्रे सवारी साधानको संख्यामा पनि बढेत्तरी आईरहेको छ ।

सरकार, ट्राफिक प्रहरी र यस क्षेत्रमा काम गरिरहेका विभिन्न निकायहरुले सवारी साधानको उचित व्यवस्थापनका विषयमा विभिन्न छलपल गर्दै आएपनि यसको सहि विकल्प अझै निस्किसकेको छैन । यसैगरी सहरी क्षेत्रको समस्याका रुपमा रहेको सवारी जामहुने क्रमलाई कम गर्दै निश्चित समयमा निश्चित स्थानमा पुग्न सकिने गरी सवारी साधानमा यात्रा गर्न सक्ने गरी यात्रालाई अनुमानयोग्य बनाउनुपर्ने सुझाव पनि आईरहेको छ ।