१ जेठ, २०८१ मंगलबार

02:04:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बहुप्रतिक्षित मध्य पहाडि राजमार्ग निर्माणको काम कहाँ पुग्यो ?

Nepal Business

१ पुस, २०७८

करीब १ हजार ८ सय ७९ कि.मि. लम्बाईको वैकल्पिक राजमार्ग हो । यो राजमार्ग आ.व. २०६४÷०६५ देखि मध्य पहाडी राजमार्ग आयोजनाका रुपमा संचालनमा रहेको छ।

 बहुप्रतिक्षित मध्य पहाडि राजमार्ग निर्माणको काम कहाँ पुग्यो ?

पुष १, काठमाण्डौं 

नेपालको आफ्नै लगानीमा निर्माण सुरु भएको बहुप्रतिक्षित मध्य पहाडि राजमार्ग निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । पहाडी र तराईका केही जिल्ला सहित पूर्व देखी पश्चिमसम्मका सबै जिल्लालाई सडक सञ्जालसंग जोड्ने मार्गका रुपमा विकास भएको मध्य पहाडि लोकमार्गको निर्माणलाई तिव्रताका साथ अगाडि बढाइएको छ । आर्थिक, सामाजिक विकाससंगै भौतिक पूर्वाधारको विकासको पनि महत्वपूर्ण भूमिका रहने भएका कारण मध्य पहाडि राजमार्गलाई महत्वका साथ राष्ट्रिय गौरवको अयोजनाका रुपमा राखिएको थियो । 

नेपालको मध्य पहाडी भुभागका जिल्लाहरुलाई यातायात सञ्जालमा जोडी उक्त क्षेत्रको आर्थिक, सामाजिक, सास्कृतिक, पर्यटकीय र शैक्षिक लगायतका समग्र क्षेत्रको सन्तुलित विकास गर्ने अभिप्रायले तराईका जिल्लाहरु समेटेर निर्माण गरिएको पूर्व पश्चिम राजमार्ग जस्तै पहाडी क्षेत्रको पूर्वमा पाँचथर जिल्लाको चियोभञ्ज्याङ्ग (नेपाल भारत सिमाना) देखि पश्चिममा बैतडी जिल्लाको झुलाघाट (महाकाली नदी) सम्म पुग्ने गरी करीब १ हजार ८ सय ७९ कि.मि. लम्बाईको वैकल्पिक राजमार्ग हो । यो राजमार्ग आ.व. २०६४÷०६५ देखि मध्य पहाडी राजमार्ग आयोजनाका रुपमा संचालनमा रहेको छ।

राजमार्ग प्रदेश नं. १ को चिओभञ्ज्याङ्ग, च्याङ्गथापु, ओयाम, थर्पु, गणेशचोक, गोपेटार, जोरसाल, तमोर नदी, सक्रान्ती बजार, म्याङ्गलुङ्ग, बसन्तपुर, हिले, लेगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी, हिलेपानी, टोक्सेलघाट घुर्मीसम्म पुग्ने छ । 

बागमती प्रदेमामा घुर्मी, खुर्कोट, राकाथुम, चौरीखोला, दोलालघाट, बाहुनेपाटी, पाति भञ्ज्याङ्ग–सानो कात्तिके, छहरे, त्रिशुली, सल्यानटार, गोरखा सिमाना आरुघाटमा जोडिने छ । 

गण्डकी प्रदेशको गोरखा सिमाना आरुघाट, पालुङ्गटार, भोर्लेटार, भगवतीटार, भैसे, पोखरा, बागलुङ्ग, बुर्तिवाङ्ग, वाग्लुङ्ग हुँदै रुकुम सिमाना जोडिने छ । 

लुम्बिनी प्रदेश को रुकुम सिमाना, लुकुमगाँउ, रुकुमकोट हुँदै 

कर्णाली प्रदेशको मुसिकोट, चौरझारी, जगातीपुर, बेस्ताडा, दैलेख, दुल्लु, जम्बुकाँध, सातला, साइजिउला, बेलखेत जोडिने छ । 

सुदूरपश्चिम प्रदेशको बेलखेत, बिनायक, साफेबगर, सिलगढी, डडेलधुरा, पाटन, सतबाँझ, झुलाघाट नेपाल भारत सिमामा पुगेर मध्य पहाडि राजमार्ग अन्त्य हुने छ । 

यस राजमार्ग निर्माण पश्चात पहाडि क्षेत्रको जनजीवन सहज हुनका साथै नेपालको पूर्व देखी पश्चिमसम्मको पहुँच बढाउन सहज हुने देखिन्छ । उच्च महत्वका साथ अगाडि बढाईएको यस राजमार्गलाई छिटो सकाउनेगरि अहिले काम भईरहेको आयोजना कार्यन्वयन इकाइले जनाएको छ । मध्य पहाडि राजमार्गले प्रदेश २ लाई कुनै पनि जिल्लालाई छोएको छैन । योसंगै अहिले तराईका जिल्लालाई जोड्ने गरि निर्माण भईरहेको हुलाकी राजमार्ग पनि सम्पन्न हुने चरणमा रहेको छ । हुलाकी राजमार्गले प्रदेश २ का सबै जिल्ला र अन्य प्रदेशका केही जिल्लालाई जोड्ने छ । समग्रमा सडक यातायाताको पहुँच विस्तार गर्न मध्यपहाडि राजमार्ग जस्तै हुलाकी राजमार्ग लाई पनि महत्वपूर्ण राजमार्गका रुपमा हेरिएको छ ।