६ जेठ, २०८१ आइतबार

02:59:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कपिलवस्तुको एउटा नगरपालिकाद्धारा पाँच वर्षमा २०० किलोमिटर सडक निर्माण, लक्ष्य भेटिएन

Nepal Business

६ चैत, २०७८

स्थानीय तहको निर्वाचनपछि आएको जनप्रतिनिधिले ग्रामीण क्षेत्रलाई सडक सञ्जालले जोड्ने अभियान अगाडि बढाएको छ

कपिलवस्तुको एउटा नगरपालिकाद्धारा पाँच वर्षमा २०० किलोमिटर सडक निर्माण, लक्ष्य भेटिएन

कपिलवस्तु,
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले पाँच वर्षमा दुई किलोमिटर सडक निर्माण गरेको छ ।

उहाँले भन्नुभयो, “हामीले ३०० किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएका थियौं, कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका सो लक्ष्य पूरा गर्न सकेनौं, अहिलेसम्म २०० किलोमिटर मात्र सडक निर्माण गर्यौं ।”

स्थानीय तहको निर्वाचनपछि आएको जनप्रतिनिधिले ग्रामीण क्षेत्रलाई सडक सञ्जालले जोड्ने अभियान अगाडि बढाएको छ ।

विकास निर्माणमा पछि परेको यो नगरपालिकाका ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने कार्यलाई तीव्र रुपले अगाडि बढाएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका अनुसार सो अवधिमा कृष्णनगरमा ६.५ किलोमिटर कालोपत्र, ६० किलोमिटर आरसिसी र ६० किलोमिटर पिसिसी ढलान सडक निर्माण गरिएको नगरपालिकाका प्रमुख रजतप्रताप शाहले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण विकास निर्माणमा केही समस्या आइपरेको उहाँको भनाइ छ ।  उहाँले भन्नुभयो, “हामीले ३०० किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएका थियौं, कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमले सो लक्ष्य पूरा गर्न सकेनौं, अहिलेसम्म २०० किलोमिटर मात्र सडक निर्माण गर्यौं ।”

उहाँका अनुसार सो अवधिमा नगरपालिका क्षेत्रमा ७० किलोमिटर ग्राभेल, पाँच किलोमिटर नयाँ सडकमा माटो पुर्ने र २५ किलोमिटर नाली निर्माण गरिएको छ । 

यसैगरी नगरको प्रशासकीय भवन, नगर क्षेत्रमा १० वटा कल्भर्ट, एउटा झुलुङ्गे पुल, छिटौनीमा ठूलो पुल, वडा नं ८ र ९ को वडा कार्यालय भवन निर्माण सम्पन्न गरिएको नगरउपप्रमुख सबनम खातुनले बताउनुभयो । 

शिवराज अस्पतालको शल्यक्रिया भवन, वडा नं १२ मा सहरी स्वास्थ्य क्लिनिक भवन, वडा नं ११ मा स्वास्थ्यचौकी भवन निर्माण कार्य सम्पन्न भएको उहाँको भनाइ छ । 

कृष्णनगरमा अहिले दुई दर्जनभन्दा बढी स्थानमा विकास निर्माण कार्य भइरहेको छ । त्यस्तै शिवराज अस्पतालमा रु एक करोड ७३ लाखको भवन निर्माणको काम पनि गरेको नगरपालिकाका इञ्जिनीयर प्रदीप चौधरीले बताउनुभयो ।

अहिले कृष्णनगरमा दुई सडक कालोपत्र भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार कृष्णनगरको मडहामा आरसिसी, बहादुरगञ्जमा सडक निर्माण, चैपुरवा पटनामा कालोपत्र, रमवापुरमा आरसिसीको काम भइरहेको छ । सार्वजनिक शौचालयको पनि निर्माण भएको छ । 
पुर्षोेत्तमपुर, बगहीमा कालोपत्र, सरफरमा आरसिसी सडक, माणामा ट्रस्ट निर्माण र डेबरामा वडा नं ५ को भवन निर्माण कार्य भइरहेको छ । 
त्यस्तै यहाँका विभिन्न विद्यालयमा ४० कोठा निर्माण सम्पन्न र २९ कोठा निर्माणाधीन अवस्थामा रहेको उहाँको भनाइ छ । उहाँका अनुसार एक दर्जनभन्दा बढी विद्यालयमा शौचालय निर्माण भएको छ ।