७ मंसिर, २०८१ शुक्रबार

08:04:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गुल्मीमा आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने उद्घोष

Nepal Business

६ चैत, २०७८

गुल्मीको समग्र विकासमा पार्टीले खेलेको भूमिकालाई ध्यानमा राख्दै मतदाताले मूल्यांकन गर्ने बताएका हुन ।

गुल्मीमा आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने उद्घोष

काठमाडौं । गुल्मीबाट काठमाण्डौ आई बसोवास गरिरहेका काँग्रेस निकट नेता तथा कार्यकर्ताहरुले आगमी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने बताएका छन् । 

नेपाली कांग्रेस गुल्मी काठमाडौ सम्पर्क समिती चन्द्रकोट गाउँपालिकाको अधिबेशनका अवसरमा बोल्ने बक्ताहरुले गुल्मीको समग्र विकासमा पार्टीले खेलेको भूमिकालाई ध्यानमा राख्दै मतदाताले मूल्यांकन गर्ने बताएका हुन ।

निर्वाचन मत र मतदातामा निर्भर रहने भन्दै आम मतदाताकोबीचमा काँग्रेसका एजेण्डा र विकासका गतिविधि लिएर जानुपर्ने बक्ताहरुले बताएका छन् । कार्यक्रममा केन्द्रिय महाधिवेशन प्रतिनिधि सन्तोष खत्रीले यो अधिबेशनले कांग्रेस भित्रको आन्तरिक लोकतन्त्रलाई थप सुढृद र सशक्त बनाउने बताउनुभयो ।

उहाँले आसन्न तिनै तहको निर्वाचनमा गुल्मीमा कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

यसैबीच  अधिबेशनमा डा गोपाल प्रसाद गैरेको संयोजकत्वमा गठित निर्वाचन समितिले लक्ष्मण भण्डारीको अध्यक्षतामा सर्वसम्मत समिति गठन गरेको छ।

समितिको उप सभापतिमा मीन प्रसाद अर्याल र सरोज भण्डारी सचीवमा सुजन थापा र सन्तोष पुन सहसचिवमा अमृत न्यौपाने र कोषाध्यक्षमा कृष्ण प्रसाद बिश्कर्मा निर्वाचित हुनुभएको छ। समितिको सदस्यमा बालकृष्ण अर्याल, अनिष गौतम, भेषराज सुवेदी,कुसुम खत्री ,रामकृष्ण अर्याल ,कुमार पौडेल ,सरिता खत्री ,पुर्ण बहादुर हमाल,शिव कुमार थापा रहनुभएको छ।

अधिबेशनले नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिको अधिबेशनको लागि पालिका प्रतिनिधि समेत सर्वसम्मतिले निर्वाचित गरेको छ।निर्वाचित प्रतिनिधिहरुमा दुर्गा बहादुर पुन,अर्जुन केसी, सन्तोष खत्री, अमृत न्यौपाने, लक्ष्मण भण्डारी, उत्तम अर्याल, सुरेश शर्मा, ध्रुव सुवेदी, बिष्णु भण्डारी, माया खत्री रहनुभएको छ ।