२५ बैशाख, २०८१ मंगलबार

05:26:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मोरङमा प्रदेश १ कै सबैभन्दा बढी सङ्क्रमण

Nepal Business

२९ मंसिर, २०७८

मोरङमा प्रदेश १ कै सबैभन्दा बढी सङ्क्रमण

विराटनगर, २९ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ को जिल्ला मोरङमा १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा सुनसरीमा पाँच, झापामा दुई, धनकुटा, तेह्रथुम र प्रदेश बाहिर एक,एक जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित ३८५ जनाको पिसीआर परीक्षण गर्दा २७ र १५१ जनाको ऐन्टिजेन परीक्षण गर्दा दुई जना गरी कूल २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा आजै १२ महिलासहित २४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । रासस