७ मंसिर, २०८१ शुक्रबार
09:41:07 AM
५ चैत, २०७८
उहाँले एमाले सरकारको पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी र पशुपति धर्मशाला दिएको भन्दै यसको जवाफ वैशाख ३० गतेको निर्वाचनबाट पाउने धारणा राख्नुभयो ।
काठमाण्डौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी निर्वाचनमा एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा गौरीशंकर च्छोरोल्पा मिडियाको दोश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले आगामी निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने दावी गरेको एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताउनुभएको हो ।
उहाँले एमाले सरकारको पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी र पशुपति धर्मशाला दिएको भन्दै यसको जवाफ वैशाख ३० गतेको निर्वाचनबाट पाउने धारणा राख्नुभयो ।
यस्तै उहाँले आफुलाई एकीकृत समाजवादीले निकै ठूलो जिम्मेवारी दिएको भन्दै आफू मन्त्री पदमा रहुन्जेल कसैको शिर निहुरन नदिने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।