२५ बैशाख, २०८१ मंगलबार

01:33:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘द कश्मीर फाइल्स’ को कमाई १०० करोड

५ चैत, २०७८

१२ करोड रुपैयाँ (भारु) को सानो बजेटमा बनेको चलचित्रले ६ दिनमा १९ करोड रुपैयाँको कारोबार गरेको छ ।

‘द कश्मीर फाइल्स’ को कमाई १०० करोड

काठमाण्डौं–बलिउड चलचित्र  ‘द कश्मीर फाइल्स’ सार्वजनिक भएदेखि नै चर्चामा छ । यो चलचित्र सन् १९९० मा कश्मीरबाट लखेटिएका हिन्दुहरुको कथा पेस गर्ने चलचित्र हो । जोसत्य घटनामा आधारित छ ।

जति चर्चित चलचित्र भइरहेको छ, त्यति नै यसको कमाई पनि । यो चलचित्र १०० करोड कमाउने चलचित्रको लिस्टमा परेको छ । चलचित्रले ८ दिनमा १०० करोड (भारु) रुपैयाँ कमाएको छ ।  

अहिलेसम्म चलचित्रले भारतीय बक्स अफिसमा ११६.४५ करोडको कारोबार गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार आइतबारसम्म चलचित्रको कमाई १५० करोड पुग्ने छ । 

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमा ट्वीट गर्दै लेख्नुभएको छ, ‘द कश्मीर फाइल्सले इतिहास रचेको छ । यसले बाहुबली र दंगल चलचित्रलाई पनि पछि पारेको छ ।’ यस चलचित्रले एक सातामा ९७.३० करोड (भारु) कमाई गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

१२ करोड रुपैयाँ (भारु) को सानो बजेटमा बनेको चलचित्रले ६ दिनमा १९ करोड रुपैयाँको कारोबार गरेको छ । आशा नगरिएको चलचित्रले अहिले भारतीय बक्स अफिसमा धमाल मचाइरहेको छ ।