१ जेठ, २०८१ मंगलबार

11:23:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फागुन मसान्तसम्म करिब ७ अर्बको फलफूल आयात

५ चैत, २०७८

नेपालमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६ सय मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको छ ।

फागुन मसान्तसम्म करिब ७ अर्बको फलफूल आयात

काठमाडौैँ । चालु आर्थिक वर्षको फागुनसम्म नेपालमा फलफूलको आयात धेरैले बढेको छ । यसै अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६  सय मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । आयात भएका फलफूलमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ । 

छिमेकी मुलुक चीनबाट ३ अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका ३ करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ । 

नेपालमा स्याउ खेतीको प्रचुर सम्भावना हुँदाहुँदै पनि  स्याउकै आयात तिब्र देखिनुले नेपाल फलफूलमा  परनिर्भर बन्दै गएको प्रष्ट्याउँछ । नेपाल सरकारले आगामी ३ वर्षमा नेपाललाई फलफूलमा आत्मानिर्भर बनाउने घोषण आर्थिक वर्ष २०७७/७८ को बजेट पुस्तिकामार्फत घोषणा गरेको थियो ।  

छिमेकी मुलुक चीनबाट ३ अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका ३ करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ । 

नेपालमा ठूलो परिमाणमा स्याउ आयात हुने अर्का छिमेकी मुलुक भारत हो । चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट १ अर्ब १५ करोड ३२ लाख ५६ हजार मूल्य बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार सोही अवधिमा टर्कीबाट  २६ लाख २५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । समग्रमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा कूल ४ अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

यसैगरी सोही अवधिमा नेपालमा  ७८ करोड ५१ लाख १५ हजार ६ सय मूल्यका बराबरका सुन्तलाको आयात भएको छ । नेपालमा सुन्तला भारत, दक्षिण अफ्रिका र इजिप्टबाट आउने गर्छ । सो अवधिमा भारतबााट  ७७ करोड ४८ लाख ७२ हजार, साउथ अफ्रिकाबाट ९० लाख ७७ हजार र टर्कीबाट  ११ लाख ६६ हजार ६ मूल्य बराबरका कूल १ करोड ४५ लाख ७० हजार तीन केजी सुन्तलाको आयात भएको छ  ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ५३ करोड ९६ लाख पाँच हजार मूल्य बराबरको ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ । पाँच प्रकारका फलफूलमा कागतीको आयात तेस्रो स्थानमा छ । कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनु परेको कृषि तथ्याङ्कले देखाएको छ ।

पहाडी डाँडाकाँडामा राम्रो आम्दानी लिन सकिने कागती खेतीमा पछिल्लो समय नेपालीको आकर्षण बढ्दै गएको छ । १०० मिटरको उचाइदेखि दुई हजार ४०० मिटरको उचाइमा ८०० मिलीमिटरदेखि एक हजार २०० मिलीमिटर पानी पर्ने तर पानी नजम्ने स्थानमा कागती खेती गर्न सकिन्छ । कागतीलाई सुन खेतीका नामले पुकारिन्छ । झन्डै १३ रोपनी जग्गामा कागती खेती गर्दा करिब १० लाख आम्दानी हुने कृषि विज्ञको भनाइ छ । 

नेपालमा विशेष गरी चीन, भारत र इजिप्टबाट अङ्गुरको आयात हुने गर्दछ ।

नेपालमा आँपको परनिर्भरता पनि बढ्दै गएको छ । तराई र भित्री मधेसमा आँप खेती गर्न सकिन्छ । तर आयात भने रोकिएको छैन । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ । 

त्यस्तै सोही अवधिमा अङ्गुरको आयातमा उल्लेखनीय वृद्धि भएको छ । नेपालमा विशेष गरी चीन, भारत र इजिप्टबाट अङ्गुरको आयात हुने गर्दछ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४५ करोड ५६ लाख ७७ हजार मूल्य बराबरका सुक्खा र ताजा गरी कूल ४८ लाख ९३ हजार आठ किलोग्राम अङ्गुर आयात भएको तथ्याँङ्क छ । 

यसैगरी सोही अवधिमा नेपालमा भारतबाट झन्डै  १० करोड मूल्य बराबरको भुइँकटहर, युगान्डा र मेक्सिकोबाट २ करोडको एभोकाडो, भारतबाट १६ करोडको खर्बुजा, चीनबाट १३ करोडको नासपाती भारतबाट ४ करोडको किवी, ९ करोडको अनार तथा चीन र भारतबाट अमिलो तथा अमिलोजन्य एंव विभिन्न थरीका अन्य फलफूल गरी झन्डै ३ अर्बको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।