६ जेठ, २०८१ आइतबार

06:02:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लगानी कोषद्धारा १ खर्ब ८३ अर्ब २१ करोड लगानी, प्राथमिकता प्राप्त आयोजनामा लगानी केन्द्रित

४ चैत, २०७८

चालु आवको छ महिनामा कोषको खुद कोष मौज्दात रु एक खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ रहेको कोषका कार्यकारी निर्देशक रमण नेपालले जानकारी दिनुभयो ।

लगानी कोषद्धारा १ खर्ब ८३ अर्ब २१ करोड लगानी, प्राथमिकता प्राप्त आयोजनामा लगानी केन्द्रित

काठमाडौँ,

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका लागि विश्वासिलो स्रोतका रुपमा रहेको नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्म रु एक खर्ब ८३ अर्ब २१ करोड लगानी गरेको छ ।

मुद्दती निक्षेपमा रु एक खर्ब पाँच अर्ब ९१ करोड, सरकारको ऋणपत्रमा रु एक अर्ब पाँच करोड, सङ्गठित संस्थाको शेयर धितोपत्रमा रु १६ अर्ब ७३ करोड, सहभागी सापटी तथा आवास कर्जामा रु ३६ अर्ब एक करोड र समयकालीन कर्जामा रु २१ अर्ब ६४ करोड लगानी गरेको

सो अवधिमा कोषले मुद्दती निक्षेपमा रु एक खर्ब पाँच अर्ब ९१ करोड, सरकारको ऋणपत्रमा रु एक अर्ब पाँच करोड, सङ्गठित संस्थाको शेयर धितोपत्रमा रु १६ अर्ब ७३ करोड, सहभागी सापटी तथा आवास कर्जामा रु ३६ अर्ब एक करोड र समयकालीन कर्जामा रु २१ अर्ब ६४ करोड लगानी गरेको छ ।

चालु आवको छ महिनामा कोषको खुद कोष मौज्दात रु एक खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ रहेको कोषका कार्यकारी निर्देशक रमण नेपालले जानकारी दिनुभयो ।

उहाँले सुरक्षित र उच्च प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनालाई उच्च प्राथमिकतामा राखी कोषले लगानी गर्दै आएको बताउनुभयो । कार्यकारी निर्देशक नेपालले आगामी दिनमा कोषको लगानी पूर्वाधार विकासका क्षेत्रमा बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विसं २०४८ मा स्थापना भएको कोषले विभिन्न १२ वटा योजनामार्फत आठ लाखभन्दा बढी सहभागीलाई आबद्ध गराई आफ्नो सेवा देशभर विस्तार गरेको उहाँले बताउनुभयो ।

कोषले सञ्चालनमा ल्याएका योजनामा सहभागी हुने सम्भावना भएका सङ्घसंस्थालाई आबद्ध गर्न र ती संस्थाको दीर्घकालीन दायित्वलाई व्यवस्थापन गर्नरगराउन सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाडाँै बाहिर विराटनगर, पोखरा तथा बुटवलमा शाखा कार्यालय सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।

कार्यकारी निर्देशक नेपालले आगामी वर्ष सुदूरपश्चिमको अत्तरिया र कर्णाली प्रदेशको सुर्खेतमा शाखा कार्यालय विस्तार गरिने बताउनुभयो ।

नागरिक स्टक डिलर कम्पनी स्थपना गरी सञ्चालनमा ल्याइयो

पूँजी बजारमा संस्थागत लगानी भित्र्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी स्थपना गरी सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

 कम्पनीमा कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको नौ प्रतिशत शेयर स्वामित्व रहेको छ । तीस प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याइएको छ ।

नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर हो । स्टक डिलरले पूँजी बजारको विकास, विस्तार र विस्वसनीयतामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

कोषले विभिन्न सात प्रकारका योजना सञ्चालनमा ल्याएको छ । कोषले कर्मचारी बचतवृद्धि कार्यक्रम स्वीकृत अवकाश कोष योजना, अवकाश कर्जा, राष्ट्र सेवक कर्मचारीको सावधिक जीवन बीमा कार्यक्रम, लगानीकर्ता हिसाब योजना, उपदान कोष योजना, नागरिक एकाङ्क योजना र नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ ।

पूर्वाधार परियोजनामा लगानी गर्न अर्थमन्त्रीको सुझाव

अर्थमन्त्री जनार्दन शर्माले कोषको लगानीयोग्य रकमलाई पुर्वाधार परियोजनामा लगानी गरिनुपर्ने बताउनुभयो । बैँक तथा वित्तीय संस्थामा रकम राख्ने र ब्याज खाने कार्यक्रमको अन्त्य गर्दै उहाँले कोषको लगानीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

कोष जस्तै संस्थाले सिर्जना गरेको रकमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै मन्त्री शर्माले मुलुकको स्तारोन्नतिका लागि अहिले २० खर्बको लगानी जुटाउन आवश्यक रहेको बताउनुभयो ।