२१ माघ, २०८१ सोमबार

07:55:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक, वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

४ चैत, २०७८

उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरी वैशाख १५ गने उम्मेदवारको नामामावली सार्वजनिक हुने

स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक, वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

काठमाडौं
स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले शुक्रबार स्थानीय तहको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ ।

उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरी वैशाख १५ गने उम्मेदवारको नामामावली सार्वजनिक हुने तय गरिएको आयोगले जनाएको छ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते फिर्ता लिन सकिनेछ आयोगले जनाएको छ । सो दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । साथै आयोगले वैशाख १७ गते उम्मेदवारको चुनाव चिन्ह बितरण गर्ने कार्यतालिका तय गरेको छ ।