२१ माघ, २०८१ सोमबार
07:54:49 PM
४ चैत, २०७८
बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताउनुभयो ।
ललितपुर
अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५आँ स्थापना दिवसका अवसरमा शुक्रबार शर्माले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।
बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “सांस्कृतिक शहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाकोसमेत प्रवद्र्धन गर्ने योजना छ ।”
उहाँले कार्यक्रममा उपस्थित व्यवसायीसँग सल्लाह तथा सुझावसमेत माग्नुभयो । युक्रेन र रुसबीचको युद्धका कारण मुलुकमा ठूलो असर परिरहेको उहाँले उल्लेख गर्नुभयो ।