२ जेठ, २०८१ बुधबार

07:10:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कला, संस्कृति देशको गहना, पर्यटक भित्र्याउन त्यसको संरक्षण गरौँ,

Nepal Business

३ चैत, २०७८

नेपाल कला र संस्कृतिको धनी भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्ने

कला, संस्कृति देशको गहना, पर्यटक भित्र्याउन त्यसको संरक्षण गरौँ,

ललितपुर,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । 

कला, संस्कृतिबिना मान्छेको जीवन अधुरो हुने भएको उल्लेख गर्दै मन्त्री आलेले यसको जगेर्ना र संरक्षणका लागि युवापुस्ता अघि बढ्नुपर्ने धारणा राख्नुभयो । 

फागु पूर्णिमा (होली पर्व) का अवसरमा विहिबार ज्यापु समाज यल ललितपुरले आयोजना गरेको संस्कृतिक कार्यक्रममा मन्त्री आलेले कुनै पनि हालतमा संस्कृति मासिन दिन नहुने बताउनुभयो । 

नेपाल कला र संस्कृतिको धनी भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्ने उहाँले धारणा राख्नुभयो ।

 कला, संस्कृतिबिना मान्छेको जीवन अधुरो हुने भएको उल्लेख गर्दै मन्त्री आलेले यसको जगेर्ना र संरक्षणका लागि युवापुस्ता अघि बढ्नुपर्ने धारणा राख्नुभयो । 

पछिल्लो समय विभिन्न मठमन्दिर, धर्मशालालगायत क्षेत्र व्यक्तिगत स्वार्थका लागि अधिग्रहण गर्ने क्रम बढेको भन्दै उहाँले त्यस्ता व्यक्ति र समूहलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । 

पुरातात्विक महत्वका सम्पदाको संरक्षणका लागि आफू सधैँ कटिबद्ध रहेको मन्त्री आलेको भनाइ थियो । नेपालबाट केही समय पहिले चोरी भएका मूर्ति अमेरिका, बेलायत, फ्रान्स, इटालीलगायत देशबाट ल्याइएको उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “कोरोना महामारीका समयमा विदेशमा रहेका नेपालीलाई ल्याउन गरिएको चार्टर्ड उडानमा आर्थिक अनियमितता भएको छ, प्रमाण जुटाउँदै छौँ, चाँडै  कानुनबमोजिम कारबाही गर्छौँँ ।”