१० मंसिर, २०८१ सोमबार

06:46:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कम्युनिष्ट सरकारले गरेको झुटो प्रचारलाई कांग्रेसले आगामी निर्वाचनमा जनतामाझ उजागर गर्नुपर्छः महत (भिडियोसहित)

Nepal Business

३ चैत, २०७८

कम्युनिष्ट सरकारले गरेको झुटो प्रचारलाई कांग्रेसले आगामी निर्वाचनमा जनतामाझ उजागर गर्नुपर्छः महत (भिडियोसहित)

काठमाण्डौं

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले आगामी निर्वाचन कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्ने बताउभएको छ । बिहीबार काठमाण्डौंमा आयोजित प्रशिक्षण कार्यक्रममा महतले यसअघि कम्युनिष्ट सरकारले गरेको झुटो प्रचारलाई कांग्रेसले आगामी निर्वाचनमा जनतामाफ उजागर गर्नुपर्ने बताउनुभएको हो ।

महतले यसअघि कांग्रेसलाई पराजित गर्न कांग्रेसकै केहि व्यक्तिहरु लागेको भन्दै अब कांग्रेसले आफ्नो पार्टीको नभई कम्युनिष्टको कुरा काट्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘कांगे्रसले धेरे सम्झिने काम पनि गर्दैन । विपक्षीको कुरा पनि ज्यादा बोल्दैन । मौका पायो भने हामी आफ्नै साथीभाइहरुको कुरा काटेर बस्छौँ। अब हामीले आफ्ना साथीभाइहरुको कुरा काट्न छोडेर कम्युनिष्टको कुरा काट्न सुरु गर्नु पर्यो । हाम्रो बिरोधीको कुरा काट्न सक्नु पर्यो । उनीहरुको तर्कपूर्ण तरिकाबाट, जथाभाबी कुरा गरेर होइन । उनीहरुले स्थानिय निकायमा के गरे, बजेटको कसरी दुरुपयोग गरे, कसरी आफ्ना मान्छेकाबीचमा त्यो बाँडफाँड गरे र थोरै मात्र जनताकाबीचमा पुग्यो तथा र राष्ट्रिय रुपमा के गरे ।’

नेकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उहाँले ५० वर्ष शासन गर्छु भने पनि पाँच वर्ष पनि शासन गर्न नसकेको बताउनुभयो । 
‘५० वर्ष शासन गर्छु भने तर पाँच वर्ष पनि शासन गर्न नसकेर तीन वर्षमै उनीहरुको शासन सत्ता गयो । अहंकार बढ्यो, भ्रष्टाचार बढ्यो दुरुपयोग बढ्यो, कानूनी शासनको अन्त्य भयो । संवैधानिक शासनको अन्त्य भयो । कुरा धेरै काम कम’, उहाँले भन्नुभयो, ‘घर–घरमा ग्यासको पाइप जोड्ने, रेल दुई वर्षमा जोड्ने, पानी जहाज ल्याउने यी सबै उड्न्त्य कुराहरु भए । एउटा गफाडी हुन्छ नि गाउँ, घर टोल छिमेकमा एकदम गफ गर्ने सिपालु मान्छे । गफ एकदम गर्ने घरबार बेहाल । गफ यस्तो हाक्ने कि पहिलो पटक गफ सुन्ने मान्छेले गजबको मान्छे रहेछ भन्छ । अब देशको नेतृत्व पनि त्यस्तै भयो भने के हुन्छ ।’

यस्तै उहाँले एमसीसी मुलुकको हितमा नै रहेको तर केहि दलले सत्ता संघर्षको मोहरा बनाएको आरोप लगाउनुभयो । मुलुकको विकासका लागि एमसीसी जस्तो अन्य सहायता आवश्यक रहेको उहाँको भनाई छ । 

उहाँले जनतामाफ सहि सुचना र एजेण्डा स्थापित गर्न सके कांग्रेसको उत्कृष्ट जीत निश्चित हुने उल्लेख गर्नुभयो ।