१ मंसिर, २०८१ शनिबार
10:38:42 PM
२ चैत, २०७८
मेला कृषि उद्यमी र किसनानलाई बैंँक तथा वित्तीय संस्थासँग जोड्नका लागि फलदायी हुने विश्वस गरिएको छ
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,
नेपाल कै पहिलो कृषि कर्जा मेला चितवनमा हुँदैछ । यसलाई दक्षिण एसिया कै महत्वपूर्ण मुलाका रुपमा हेरिएको छ ।
चैत ९ देखि १२ गतेसम्म चितवको भरतपुरस्थित प्रर्दशनीस्थल (चितवन एक्स्पो सेन्टर) मा हुने मेलालाई आर एण्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेसिनरी व्यवसायी संघले आयोजना गरेको हो ।
चैत ९ देखि १२ गतेसम्म चितवको भरतपुरस्थित प्रर्दशनीस्थल (चितवन एक्स्पो सेन्टर) मा हुने मेलालाई आर एण्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेसिनरी व्यवसायी संघले आयोजना गरेको हो ।
मेला कृषि उद्यमी र किसनानलाई बैंँक तथा वित्तीय संस्थासँग जोड्नका लागि फलदायी हुने विश्वस गरिएको छ । आयोजकले यो मेलालाई एसियाको पहिलो र विश्वकै दोस्रो भएको दावी गरेको छ । मेलाको तयारी तिब्र पारिएको छ ।
कार्यक्रमको मुख्य प्रायोजक नविल बैंक र कृषि विकास बैंक छन्। बैंकर्स एसोसिएसन, शिखर इन्स्योरेन्स, फोन पे र डेभलपमेन्ट एलायन्स पनि सहयोगी छ ।
कृषि यान्त्रीकरण प्रदर्शनी पनि चितवनमा
यस्तै चितवनमा नै राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी पनि हुन लागेको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले उक्त प्रदर्शनी गर्न लागेको जनाइएको छ । सबै तयारी तिब्र पारिएको जनाइएको छ ।