२१ बैशाख, २०८१ शुक्रबार

11:28:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आन्तरिक पर्यटन व्यवसायी उत्साही

Nepal Business

२९ मंसिर, २०७८

आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेका अनुसार करिब चार हजार प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएकोे छ । महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको समेत व्यवस्था छ । यसले ठूलो आर्थिक कृयाकलाप सृजना गर्ने होटेल व्यवसायीहरुले बताइरहेका छन् ।

आन्तरिक पर्यटन व्यवसायी उत्साही

 

काठमाण्डौं, मंसिर २९


नेपाली कांग्रेसको १४ औंं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा शुरु भएको छ । महासभामा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण राजधानीका अधिकांश होटल भरिभराउ भएका छन ।
कांग्रेशले महाधिवेशन  प्रतिनिधि बस्नका लागि राजधानीका तीन ठाँउमा होटलको व्यवस्था गरेको छ । सुन्धारा, ठमेल, गौशालमा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिए पनि तारे होेटल, पर्यटकीय होटलदेखि सामान्य होटलसमेत प्रतिनिधि, पर्यवेक्षकका साथै शुभेच्छुकले भरिएका हुन् ।  
आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेका अनुसार करिब चार हजार प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएकोे छ । महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि  भोजनको समेत व्यवस्था छ । यसले ठूलो आर्थिक कृयाकलाप सृजना गर्ने होटेल व्यवसायीहरुले बताइरहेका छन् ।
महाधिवेशन आयोजनास्थल भृकुटीमण्डप आपस मात्र होइन । कोरोनाको महामारी जोखिम कायमै रहे पनि होटल व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर प्रतिनिधिलाई खानेबस्ने प्रबन्ध  मिलाएका छन  । 

लामोे समय नेपालको  पर्यटन क्षेत्र कोरोना महामारी कारण अस्तव्यस्त बन्यो  । कोरोनाका कारण आन्तरिक पर्यटकीय गतिविधि पनि ठप्प भएको थियो । कोरोनाको सङक्रमण  केही कमी आएको र खोपको उपलब्धतासँगै पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । पछिल्लो समय विदेशी पर्यटकको आवागमन समेत  बढेको छ ।  आन्तरिक पर्यटन पनि फस्टाउन थालेको छ ।  
राजनीतिक दलको  गतिविधिले पनि नेपालको पर्यटन प्रवद्रधनमा  टेवा पुगेको  छ । कांग्रेसको महाधिवेशनले पनि काठमाडौंको पर्यटन  व्यवसायलाई निकै ठूलो  सहयोग गरेको  संघका उपाध्यक्ष उप्रेतिको भनाइ छ । यही बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि काठमाडौं महाधिवेशनको आयोजना गयो । पुसको दोस्रो साता नेकपा (मा ओवादी केन्द्र) ले काठमाडौंमा सम्मेलनको आयोजना गरेको छ ।