२१ माघ, २०८१ सोमबार

07:40:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसिसी खारेजको मागसहित अनशनमा बसेकी बरालसँग वार्ता

Nepal Business

२ चैत, २०७८

सरकारी वार्ता टोलीले बिहीबार फागु पूर्णिमा भएकाले शुक्रबार पुनः वार्ता गरेर अनशन टुंग्याउने प्रयास गर्ने जनाएको छ

एमसिसी खारेजको मागसहित अनशनमा बसेकी बरालसँग वार्ता

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ, 

विभिन्न माग राख्दै आमरण अनशनमा बसेकी तारा बरालसँग सरकारी टोलीले बुधबार वार्ता गरेको छ । 

अनशन स्थलमा पुगेर काठमार्डौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, गृहमन्त्रीका प्रशासन तथा शान्ति सुरक्षा मामला विज्ञ सुनिल खनाल र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले  वार्ता गर्नुभएको हो ।

सरकारी टोलीले बरालको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएको थियो । 

वार्ता सकारात्मक भएको काठमाडौँका प्रजिअ रिजालले जानकारी दिनुभयो । गृहमन्त्री खाँणले बरालसँग वार्ता गरी समस्या समाधान गर्ने गरी पहल गर्न निर्देशन दिएपछि टोली वार्ताका लागि गएको हो । 

सरकारी टोलीले बरालको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएको थियो । 

बरालले संसद्बाट पास भएको अमेरिकासँगको सम्झौता एमसीसी पूर्ण रूपमा खारेज गर्नुपर्ने, नागरिकता विधेयक पूर्ण रूपमा खारेज गरिनु पर्ने, प्रदेश नं ३, ४, र ६ लाई भारतसँग व्यापारिक नाका नदिएको कारणले संघीयता पूर्ण रूपले खारेज गर्नु पर्ने, सर्वोच्च अगाडि महिलामाथित दुव्यवहार गर्ने अपशव्द बोल्ने अधिवक्ताहरूलाई कारबाही गर्नु पर्ने माग राख्नु भएको छ । 

सरकारी वार्ता टोलीले बिहीबार फागु पूर्णिमा भएकाले शुक्रबार पुनः वार्ता गरेर अनशन टुंग्याउने प्रयास गर्ने जनाएको छ ।