२१ बैशाख, २०८१ शुक्रबार

09:35:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अफगानिस्तानलाई चीनबाट मानवीय सहायता प्राप्त

Nepal Business

२९ मंसिर, २०७८

अफगानिस्तानको तालिबान सरकारका एक उपमन्त्री र अफगानिस्तानका लागि चिनियाँ राजदूत उपस्थित एक समारोहमा सहायता सामग्री प्रदान गरिएको थियो । सामग्रीहरुमा ७० हजार वटा ब्लांकेट र ४० हजार वटा डाउन कोट रहेका बताइएको छ ।

अफगानिस्तानलाई चीनबाट मानवीय सहायता प्राप्त


काठकाण्डौं,मंसिर २९
बेइजिङ चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । दोस्रो पटक चिसो मौसमका लागि भन्दै चीनले पठाएको सामग्री काबुल आइपुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । 
चीनले पठाएका सामग्री काबुलमा आयोजना भएको एक कार्यक्रममा हस्तान्तरण गरिएको सिन्ह्वाले जनाएको छ । रेलमार्फत ती सामग्री अफगानिस्तानको राजधानी काबुल पु-याइएको थियो । अफगानिस्तानको तालिबान सरकारका एक उपमन्त्री र अफगानिस्तानका लागि चिनियाँ राजदूत उपस्थित एक समारोहमा सहायता सामग्री प्रदान गरिएको थियो । सामग्रीहरुमा ७० हजार वटा ब्लांकेट र ४० हजार वटा डाउन कोट रहेका बताइएको छ ।
चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ । यसअघि पनि चीनले खाद्यान्न र लत्ता कपडा सहयोग गरेको थियो । अहिले भने जाडो मौसमका लागि जाडो कपडा र केही आधारभूत औषधिहरू पठाइएको समाचारमा जनाइएको छ ।