२१ बैशाख, २०८१ शुक्रबार

01:20:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतको केन्द्रिय बजेट २०२१ र प्राथामिकताका क्षेत्रहरु

Nepal Business

२९ मंसिर, २०७८

सरकारको राजश्व आम्दानी वार्षिक १७.७६ खर्ब हुने अनुमान गरिएको छ । यो गतवर्षको राजश्व भन्दा २३ प्रतिशतले बढि हो । कुल खर्चका लागि राज्यबाट अपुग हुनजाने १५.०७ खर्ब घाटा बजेट रहने जसलाई आन्तरिक ऋण, वाह्य ऋण र अनुदानबाट परिपूर्ति गर्नुपर्ने हुन्छ ।

भारतको केन्द्रिय बजेट २०२१ र प्राथामिकताका क्षेत्रहरु

 

काठमाण्डौं, मंसिर २९

भारत क्षेत्रफलको आधारमा विश्वकोे ७ औं ठूलो मुलुक हो । जनसंख्याको आधारमा विश्वको दोस्रो स्थानमा पर्दछ । उत्पादन र नयाँ प्रविधिको क्षेत्रमा अगाडि बढिरहेको यस मुलुकले विश्वमा विकासशिल मुलुकको स्थान हाँसिल गरिरहेको छ । आर्थिक क्षेत्रको हिसाबले भारत विश्वकै ठूलो अर्थतन्त्र ओगट्ने मध्येको मुलुकमा पर्दछ । 

भरतमा हात  २८ ओटा राज्य र ८ वटा केन्द्र प्रशासित प्रान्तहरु रहेका छन् । भारतको केन्द्र सरकारले आर्थिक वर्ष २०२१/२२ का लागि प्रस्ताव गरेको कूल बजेट ३४.८३ खर्ब हो । जुन गत वर्षको तुलनामा १३ प्रतिशतले बढिरहेको छ । 

सरकारको राजश्व आम्दानी वार्षिक १७.७६ खर्ब हुने अनुमान गरिएको छ । यो गतवर्षको राजश्व भन्दा २३ प्रतिशतले बढि हो । कुल खर्चका लागि राज्यबाट अपुग हुनजाने १५.०७ खर्ब घाटा बजेट रहने जसलाई आन्तरिक ऋण, वाह्य ऋण र अनुदानबाट परिपूर्ति गर्नुपर्ने हुन्छ । 

बजेटमै आधारित भएर सन् २०२१ म भारतको आर्थिक वृद्धिदर ९.५ प्रतिशत हुने अनुमान गरिएको छ । 

भारत सरकारले आर्थिक वर्ष २०२१/२२ मा बजेटका प्राथमिकता निम्न बमोजिम निर्धारण गरेको पाईन्छ । 

 कृषि र किसान कल्याणमा पहिलो प्राथमिकता

 दीर्घकालिन सम्पती र रोजगारीका अवसरहरु

 एक राष्ट्र एक राशनकार्ड लागु

 उत्पादनसँग जोडिएका उद्योगहरुको प्रवद्र्धन

 नयाँ प्रविधिको उपयोग र औद्योगिक वस्तुहरुको निर्माण ।

 

भारत सरकारको केन्द्रिय बजेटका ६ स्तम्भहरु

 स्वास्थ्य र कल्याण

 भौतिक, वित्तीय पूँजी र पूर्वाधार

 समावेशी विकास

 मनव पूँजीलाई पुनर्जीवित गर्दै नवप्रवर्तन

 अनुशन्धान र विकास

 न्यूनतम सरकार र अधिकतम शासन ।