२५ बैशाख, २०८१ मंगलबार

09:51:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘२ नम्बरी’बाट हटाइए पल, शाहको ठाउँमा सौगात

२ चैत, २०७८

‘२ नम्बरी’बाट हटाइए पल, शाहको ठाउँमा सौगात

काठमाडौं
फिल्म ‘२ नम्बरी’बाट पल शाहालाई हटाइएको छ । पल नाबालिग करणीको आरोपमा हिरासतमा रहेका कारण उहाँलाई ‘२ नम्बरी’बाट हटाएर सौगात मल्ललाई शाहाको ठाउँमा ल्याइएको हो । २ वर्ष अगाडि शुभ साइत गरेर छायाङ्कन सुरु गर्दा पल शाह फिल्मको मुख्य भूमिकामा रहनु भएको थियो ।

कारोना महामारीका कारण फिल्मको छायाङ्कन अगाडि बढ्न सकेको थिएन । अहिले कोरोना महामारी कम हुँदै गएकोले छायाङ्कन फेरि सुरु हुन लागेको हो । फिल्मका कलाकार फेरिएको र कलाकार जयनन्द लामाको निधन भएको कारणले फिल्म सुरुबाटै खिचिने भएको छ ।

दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा दयाहाङ राई, सौगात मल्ल,वर्षा राउत,उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।