१० मंसिर, २०८१ सोमबार

06:58:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य

Nepal Business

१ चैत, २०७८

सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौँ,
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन आज मंगलबारदेखि अन्त्य गर्नुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयद्वारा जारी सूचनापत्रअनुसार गत फागुन २९ गते प्रतिनिधिसभाबाट यही चैत २ गते बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र माघ १६ गतेदेखि अर्को सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभा बैठकसमेत अन्त्य भएको छ । प्रतिनिधिसभाको चालु दशौँ अधिवेशन मङ्सिर २८ गते प्रारम्भ भएको थियो । रासस