६ जेठ, २०८१ आइतबार

11:13:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वसन्तपुरका पुरातात्विक मापदण्ड विपरीतका संरचना हटाइयो

१ चैत, २०७८

मापदण्ड विपरीतका संरचना भत्काउने निर्णय गरेको थियो । निर्णयबमोजिम महानगरीय प्रहरी वृत्त जनसेवाको समेत सहभागितामा ती संरचना हटाइएको हो ।

वसन्तपुरका पुरातात्विक मापदण्ड विपरीतका संरचना हटाइयो

काठमाडौँ,

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा संरक्षितस्थलको मापदण्ड विपरीत काठमाडौँ महानगरपालिकाले निर्माण गरेको कङ्क्रिटको संरचना हटाइएको छ ।

नौतले दरबारअघि वसन्तपुर डबलीमा बनाइएको संरचना हटाउन पुरातत्व विभागले पटकपटक पत्राचार गरेको थियो । विभागको पत्राचारको महानगरले बेवास्ता गरेपछि सम्पदा बचाउ अभियानले महानगरकै अनुगमन समितिलाई गुहारेका थिए ।

महानगर उपप्रमुख हरिप्रभा खड्गी नेतृत्वको अनुगमन समितिले अनुगमन गरी संरचना भत्काएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । 

नौतले दरबारअघि वसन्तपुर डबलीमा बनाइएको संरचना हटाउन पुरातत्व विभागले पटकपटक पत्राचार गरेको थियो । विभागको पत्राचारको महानगरले बेवास्ता गरेपछि सम्पदा बचाउ अभियानले महानगरकै अनुगमन समितिलाई गुहारेका थिए ।

महानगरपालिकाले रातिराति काम गरेर पुरातात्विक मापदण्ड विपरीत काम गरेको सम्पदा बचाउ अभियानकर्मी गणपतिलाल श्रेष्ठले बताउनुभयो । 

महानगर उपप्रमुख श्रेष्ठको नेतृत्वमा मंगलबार अनुगमन गरेपछि विभागका महानिर्देशक दामोदर गौतमको कार्यकक्षमा बसेको सरोकार निकायको बैठकले मापदण्ड विपरीतका संरचना भत्काउने निर्णय गरेको थियो । निर्णयबमोजिम महानगरीय प्रहरी वृत्त जनसेवाको समेत सहभागितामा ती संरचना हटाइएको हो ।

संरचना हटाउन युनेस्को, जिल्ला प्रशासन कार्यालय काठमाडौँलगायतका निकायले पनि पत्राचार गरेका थिए । मापदण्ड विपरीतका संरचना निर्माणका विषयमा वसन्तपुर दरबार क्षेत्रका चारवटै वडा र महानगरपालिकाकै हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई जानकारी गराइएको थिएन ।