२१ बैशाख, २०८१ शुक्रबार

06:59:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकामा आँधीले ज्यान लग्यो

२९ मंसिर, २०७८

केन्टुकी राज्यमा मात्र ८० जनाको मृत्यु भएको जनाइएको छ । आँधीका कारण दर्जनौं सम्पर्कविहीन भएका छन् ।

अमेरिकामा आँधीले ज्यान लग्यो

 

काठमाण्डौं,मंसिर २९
अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । केन्टुकीसहित ६ वटा राज्यमा शनिबार आएको विनाशकारी आँधीबेहरीका कारण दर्जनौं घाइते भएका अधिकारीहरूले जनाएका छन । आँधीका कारण मिजोरी, अर्कान्सस, इलनोय, टेनिसी र मिसिसिपी राज्य प्रभावित भएका छन् ।  
केन्टुकी राज्यमा मात्र ८० जनाको मृत्यु भएको जनाइएको छ । आँधीका कारण दर्जनौं सम्पर्कविहीन भएका छन् । अन्य राज्यहरूमा १४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । अधिकारीहरूले आँधीपछि हराइरहेकाहरूको जीवितै उद्धार गर्ने प्रयास जारी रहेको जनाएका छन । 
प्रभावित क्षेत्रमा सहायताका लागि यथासम्भव प्रयास गर्ने राष्ट्रपति जो बाइडेनले आश्वासन दिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बाइडेनले अहिलेसम्म अमेरिकामा आएका आँधीमा हालसम्मकै ठूलामध्ये एक भएको बताएका छन् । उनले एउटा संघीय आकस्मिक विपद् घोषणापत्रमा हस्ताक्षर गर्दै केन्टुकीका लागि रकम निकासा गरेका छन् ।