२१ माघ, २०८१ सोमबार
07:44:59 PM
१ चैत, २०७८
काठमाण्डौं
नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको सोमबार सम्पन्न दुई दिने ११ औँ राष्ट्रिय अधिवेशनले लेखनाथ कोइरालाको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । कोइराला यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिव जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी, सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी र कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरेको छ ।
मुलुकभरबाट करिब एक हजार प्रतिनिधि सहभागी सो अधिवेशनको गत फागुन २८ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौंमा उद्घाटन गर्नुभएको थियो । विसं. २०४७ वैशाख ७ गते सङ्गठनको स्थापना भएको हो ।