७ मंसिर, २०८१ शुक्रबार

07:24:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित हासिल गर्ने ओलीको दावी (भिडियोसहित)

१ चैत, २०७८

एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित हासिल गर्ने ओलीको दावी (भिडियोसहित)

काठमाण्डौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गर्नुभएको छ । 

मंगलबार काठमाण्डौंमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्वाचनमा कसैको साहारा आवश्यक नपर्ने र एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित हासिल गर्ने दावी गर्नु भएको हो । 

यस्तै ओलीले कम्युनिष्ट नाम राख्दैमा वास्तविक कम्युनिष्ट हुन नसक्ने भन्दै वास्तविक कम्युनिष्ट हुन विचारमा स्पष्ट हुनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले केहि बुद्धिजिवीले कम्युनिस्टहरु नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाउदै कम्युनिष्ट एकता बेकारको कुरा भएको तर्क गर्नुभयो ।  

ताजा जनादेशमा जाने कुरालाई प्रतिगमन भन्दै केही स्वार्थी तत्वहरु लागेको र उनीहरु अहिले पतन भएको ओलीको भनाई छ ।

एमाले अध्यक्ष ओलीले सत्तागठबन्धनलाई कम्युनिस्ट विरोधी शक्तिको संज्ञा दिँदै परमादेशी र जनादेशी शक्तिबीच लडाई भइरहेको धारणा राख्नुभयो ।

उहाँले वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको भन्दै यसका परिवर्तन अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले हाल उपाध्यक्ष र उपमेयरको भूमिका रहेका महिलालाई अध्यक्ष वा मेयर बनाउन आफु सकारात्म रहेको तर यस बिषयमा अस्वस्थ अभियान नचलाउन सुझाव पनि दिनुभयो ।

ओलीले महिलाको समान अधिकार र सहभागीताको विषयलाई एमालेले नै अघि बढाएको दावी गर्नुभयो । सवै तहमा महिलाको ३३ प्रतिशतको अवधारणा पनि महिला संघले नै ल्याएको उहाको भनाई छ ।