२१ बैशाख, २०८१ शुक्रबार

06:45:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकालाई आपत्कालीन मानवीय सहायता उपलब्ध गराउन चीन इच्छुक

Nepal Business

२८ मंसिर, २०७८

अमेरिकालाई आपत्कालीन मानवीय सहायता उपलब्ध गराउन चीन इच्छुक


चीन, २८ मंसिर । चीन संयुक्त राज्य अमेरिकामा आँधीबाट प्रभावित मानिसहरूलाई आवश्यकता अनुसार आपत्कालीन मानवीय सहायता उपलब्ध गराउन इच्छुक रहेको चीनको अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका प्रवक्ता सु वेइले  बताउनुभएको छ। टोर्नाडोले
 संयुक्त राज्य अमेरिकाको मध्य भागमा ठूलो असर गरेको छ।   अति प्रभावित राज्यहरूमा अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरी  छन् । त्यहाँ ठूलो संख्यामा हताहत र आर्थिक क्षति  भएको छ। 
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार पत्रकार सम्मेलनमा चीनले अमेरिकाको क्षतिप्रति दुःख व्यक्त गरेको छ बताउँनु भएको छ।
ूआशा छ कि घाइतेहरू सकेसम्म चाँडो निको हुनेछन् र प्रभावित मानिसहरूले चाँडै नै आफ्नो घर पुनर्निर्माण गर्न सक्नेछन्ू वाङले भन्नुभयो। rss