२१ माघ, २०८१ सोमबार

07:45:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता

१ चैत, २०७८

नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता

काठमाण्डौं

नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट साउदी विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले हस्ताक्षर गर्नुभएको छ ।

साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार फैजल दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउनुभएको थियो ।