२१ माघ, २०८१ सोमबार

07:53:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको ८ महिनामा पुँजिगत खर्च २० प्रतिशत, बाँकी ४ महिनामा कति खर्च होला ?

१ चैत, २०७८

चालु आर्थिक वर्षको ८ महिनामा पुँजिगत खर्च २० प्रतिशत, बाँकी ४ महिनामा कति खर्च होला ?

काठमाण्डौं

चालु आर्थिक वर्षको आठ महिनामा बितिसकेको छ । यस अवधिमा सरकारले २० प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । अर्थात सरकारले ७५ अर्ब २५ करोड रुपैयाँ (साउद देखि फागुन २७ गतेसम्म) पुँजीगत खर्च गरेको हो । 

सरकारले यस वर्षका लागि ३ खर्ब ७८ अर्ब पुँजीगत बजेट विनियोजन गरेको हो । बाँकी रहेको चार महिनामा सरकारले ८० प्रतिशत बजेट खर्च गर्नुपर्ने हुन्छ ।

तर महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता नवराज ढुंगानाले उक्त बजेट खर्च गर्ने समय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘टोटल विनियोजनको पुँजिगत खर्चको २० प्रतिशत हो । तर यसलाई थोरै भन्न मिल्दैन । बजेटको कार्यक्रम अनुसार कस्तो हुन्छ भने पहिलो त्रैमासिकमा १३ प्रतिशत खर्चको लक्ष्य हुन्छ । त्यस्तै दोस्रोमा २७ देखि ३० प्रतिशत, तेस्रोमा ५७ देखि ५८ प्रतिशत र चौथोमा ४० देखि ४१ प्रतिशत हुन्छ । हामीले बजेटको कार्यक्रमलाई हेरेर खर्च गर्ने हो ।’

तर उहाँका अनुसार अघिल्ला अवर्षको तुलनामा यस वर्ष खर्च कमै हुने देखिएको छ । ‘कोभिडको प्रभाव भए पनि स्थानिय चुनाव लगायतका कारणले सबै खर्च नहुने देखिएको छ’, उहाँले भन्नुभयो, ‘सधै ८० प्रतिशत खर्च हुन्थयो । यसवर्ष ६०/७० प्रतिशतको हाराबारीमा खर्च हुने देखिएको छ ।’ 

गतवर्षको तुलनामा यो वर्ष पुँजीगत खर्च न्यून छ । यसै अवधिमा गतवर्ष सरकारले ७९ अर्ब खर्चिएको थियो ।