४ जेठ, २०८१ शुक्रबार

11:40:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मन्त्रीको च्याउ फार्म

Nepal Business

२८ मंसिर, २०७८

मन्त्रीको च्याउ फार्म

२८ मंसिर, काठमाण्डौ 

तनहुँ –भानुनगरपालिका–६ बरभञ्याङमा सिताके च्याउको व्यावसायिकरूपमा खेती गरिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ र मुक्ति तिमिल्सेनाको संयुक्त लगानीमा सिताके च्याउखेती गरिएको हो।

करिब रु डेढ करोड लगानीमा साढे दुई रोपनी क्षेत्रफलमा च्याउखेती गरिएको गण्डकी एग्रिकल्चर फार्म प्रालिका लेखापाल सुरेन्द्र पण्डित जानकारी दिए। गण्डकी एग्रिकल्चर फार्म प्रालि दर्ता गरी गत फागुनदेखि थालिएको व्यवसायमा प्रत्यक्षरूपमा १० जनाले रोजगारी पाएका छन् । दश हजार बढी मुढामा च्याउ उत्पादन भइरहेको उनले बताए। फार्मले दिनमै ४० देखि ५० किलोग्रामसम्म च्याउ बिक्री गर्न सकिने क्षमताको रहेको बताइएको छ । माछा–मासुमा भन्दा तीन गुणा धेरै पोषण तत्व हुने र जस्तोसुकै किसिमका बिरामीले पनि सो च्याउ खाना मिल्ने हुँदा यसको माग बढ्दै गएको छ ।
 
सिताके च्याउखेतीको विधि 

सुरुमा हरियो कटुसको मुढा काट्ने, त्यसको बोक्रा जान नदिने गरी डम्पिङ गर्ने, सुकेपछि मेसिनको प्रयोगले उक्त काठ छेडेर प्वाल बनाई च्याउको बीउ रोपिन्छ । च्याउको बीउ रोपेको सात महिनापछि चौबीस घण्टा पानीमा डुबाएर राख्ने, त्यसपछि टुसा आएको एक हप्ताभित्र खाना र टिप्न योग्य हुने बताइएको छ ।

यसरी रोपिएको च्याउ एकपटक रोपेपछि चारदेखि पाँच वर्षसम्म निरन्तर फल दिइरहने फार्मका अर्का कर्मचारी जीवन जिसीले जानकारी दिए। जिल्लाका विभिन्न बजारका साथै पोखरा, काठमाडौँलगायत बजारमा बिक्री गर्दै आइएको लेखापाल पण्डितले बताए। उक्त च्याउ बाह्य जिल्लामा प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरे पनि उक्त फार्मले प्रतिकिलो रु ६०० मा बिक्री गर्दै आएको जनाएको छ । रासस