२१ माघ, २०८१ सोमबार
07:54:25 PM
१ चैत, २०७८
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,
काठमाडौँमा एक व्यक्ति ९० लाखको चिठ्ठाको लोभमा आफ्नै रु २९ लाख गुमाउन पुगेका छन् ।
केही अघि एकजना ह्वाट्सएप प्रयोगकर्ताले पीडितलाई रु ९० लाखको चिट्ठा परेको सूचना दिएका थिए । यसरी सूचना जोन लरेन्स नामका व्यक्तिले पठाएका थिए ।
त्यसको प्रारम्भिक चरणमा सुनको सिक्री र २ लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भनी सन्देश पनि सँगसँगै आएको थियो । ति व्यक्ति छोटो समयमा धनी बन्ने सपनाले गद्गद् भए ।
त्यसको प्रारम्भिक चरणमा सुनको सिक्री र २ लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भनी सन्देश पनि सँगसँगै आएको थियो । ति व्यक्ति छोटो समयमा धनी बन्ने सपनाले गद्गद् भए ।
सोही सन्देशको आधारमा झण्डै करोड रकम पाउने आशा पीडितलाई पलायो । त्यो आशा त्यती बेला निरासामा परिणत भयो जतिबेला उनले २९ लाख गुमाइसकेका थिए ।
विदेशीको नामको ह्वाट्सएपमार्फत चिठ्ठाको सूचना आएलगत्तै पुन प्रताप राना सिंह नामका व्यक्तिले उनलाई ह्वाट्स्एपमार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनका लागि कर तिर्नुपर्ने बताएपछि उनले पैसा खोजेर जम्मा गर्नतर्फ लागे ।
पीडितले ठुलो रकमको लोभमा विभिन्न व्यक्तिको नामको बैँक खाताबाट रु २९ लाख जम्मा गराएपछि ति व्यक्ति सम्पर्क विहिन भए । अनि प्रहरमिा ठगीको उजुरी आयो ।
महानगरीय अपराध महाशाखाको अनुसन्धानमा यसरी ठगी कार्यमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर गाउँपालिका ४ घर भइ हाल भक्तपुरको थिमी बस्ने वर्ष ३८ का गम्दिप गौतम रहेको खुल्न आएपछि उनी पक्राउ परेका छन् ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाएको महाशाखाले जनाएको छ ।